कर्णाली भ्रमणको आव्हन

कर्णालीपत्र संवाददाता १६ पुष २०७६, बुधबार ११:५४

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा कर्णाली प्रदेशको भ्रमणका लागि आव्हन गरेका छन् । मंगलबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले अनुपम प्राकृतिक सम्पदा, सांस्कृतिक मौलिकता, पर्यावरणीय विविधताको संगमको जीवन्त अनुभव हासिल गर्न कर्णाली प्रदेशको भ्रमण गर्नुपर्ने बताएका छन् ।

शुभकामना सन्देशमा कर्णाली प्रदेशमा रहेका पर्यटकीय गन्तव्यहरु राष्ट्रिय र स्थानीयस्तरका साथै विश्वभर परिचित गर्न र प्रदेशमा अधिक पर्यटक भित्र्याउन कर्णाली प्रदेशको भ्रमण गर्नुपर्ने उल्लेख गरिएको छ । कर्णाली प्रदेशमा भएका पर्यटकीयस्थलहरुको भ्रमणले नेपाल सरकारको २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य हासिल गर्न सहज हुने प्रदेश प्रमुखको शुभकामना सन्देशमा बताइएको छ ।

कर्णालीका पर्यटकीय क्षेत्र पहिचानसहित प्रचार प्रचार गर्न पर्यटन भ्रमणले सहयोग गर्ने बताउँदै प्रदेश प्रमुखले निजी क्षेत्र, पर्यटन व्यवसायी तथा आम जनसमुदायको उल्लेखनीय सहभागिता एवम् योगदानमा भ्रमण वर्षलाई सफल पार्नुपर्ने बताएका छन् ।

कर्णाली प्रदेशमा रहेका मनोरम प्राकृतिक दृश्यहरुको अवलोकन पश्चात् पर्यटकहरुमा सकारात्मक ऊर्जा थपिने शुभकामना सन्देशमा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-09-17)

१६ पुष २०७६, बुधबार ११:५४