भ्रमण वर्ष २०२० को आज शुभारम्भ

कर्णालीपत्र संवाददाता १६ पुष २०७६, बुधबार ११:५०

सुर्खेत । कर्णाली प्रदेशमा आज (बुधबार) भ्रमण वर्ष २०२० को उद्घाटन हुने भएको छ । वीरेन्द्रनगरमा रहेको बुलबुले उद्यानबाट कर्णाली प्रदेश सरकारले भ्रमण वर्षको उद्घाटन गर्ने भएको हो ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रमहरुको आयोजना गरी भ्रमण वर्षको उद्घाटन गर्दैछ । साथै मन्त्रालयले भ्रमण वर्षका लागि बनाइएको छुट्टै लोगो समेत सार्वजनिक गर्ने योजना गरेको छ ।

उद्घाटन कार्यक्रममा काठमाण्डौ–सुर्खेत हवाई सेवा प्रदान गरिरहेको बुद्व एयरलाई प्रशंसापत्र, खेलकुद कार्यक्रमको प्रदर्शन, ¥याली, १३औँ सागमा कर्णालीबाट प्रतिनिधित्व गरेका खेलाडीलाई सम्मानलगायतका कार्यक्रमहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली भ्रमणको आव्हन

१६ पुष २०७६, बुधबार ११:५०
सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा कर्णाली प्रदेशको भ्रमणका लागि आव्हन गरेका छन् । मंगलबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले अनुपम प्राकृतिक सम्पदा, सांस्कृतिक मौलिकता, पर्यावरणीय विविधताको संगमको जीवन्त अनुभव हासिल गर्न कर्णाली प्रदेशको भ्रमण गर्नुपर्ने बताएका छन् । […]