न्यायको आशमा दश वर्ष

कर्णालीपत्र संवाददाता ४ पुष २०७६, शुक्रबार ०८:०९

वसन्त भण्डारी
सुर्खेत। शान्ति सुनार अहिले २५ वर्षकी भईन् । १५ वर्षको उमेरमा उनले आमा र १३ वर्षीय बहिनी गुमाइन् । निरासिदंै उनले भनिन्, ‘मृत्यु भएका आमा र बहिनीले न्याय पाउन ।’

शान्तिकी आमा ३५ वर्षीय देविसरा सुनार, बहिनी १३ वर्षीय चन्द्रकला सुनार र उनकी काकी अमृता सुनारको २०६६ सुर्खेतको सिमाना क्षेत्र बाँसपानीमा निकृञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले गोली चलाउँदा मृत्यु भएको थियो । घटना भएको दश वर्षदेखि न्यायको खोजीमा भौतारिनु पर्दा न्यायको आशासमेत हराएको शान्तिले बताइन् । २३ फागुन २०६६ मा बाँसपानी कालिकास्थानमा उनीहरु जङ्गलमै बास बसेका थिए । बर्दिया राष्ट्रिय निकुञ्जका चारजना वनरक्षक र निकुञ्जको सुरक्षार्थ खटिएका ज्वाला दल गणका सहसेनानी सुवोध कुँवरको नेतृत्वमा पुगेको १७ जनाको टोलीले गाउँले सुत्ने तयारी गरिरहेका बेला हवाई फायरिङ गरेपछि पुरुष भागेका थिए भने महिला ओढारको ढुङ्गामा लुकेका थिए । महिला लुकेको स्थानमा पुगेका सेना र वनरक्षकको टोलीले उनीहरूलाई घेरा हालेर नियन्त्रणमा लिई हत्या गरेको पीडितको आरोप छ ।

सुनारले भनिन्, ‘आमाहरु आफ्नै वनमा काउलो काट्न गएर फर्कदा निकुञ्ज क्षेत्रमा पानी खान र काउलो सुकाउन मिल्ने ठाउँ भएकाले बसेका थिए । सोहीबेला उहाँहरु मारिनुभयो ।’ हालसम्म मृतकका परिवारका लागि एकमुष्ट तीन लाख रुपैयाँ बाहेक अरु केही नपाएको शान्तिको भनाई थियो । घटनापछि सहन्यायाधीवक्ता सरोजप्रसाद गौतमको संयोजकत्वमा वन तथा भूसंरक्षण र रक्षा मन्त्रालयका प्रतिनिधि सम्मिलित तीन सदस्यीय छानबिन समिति गठन भएको थियो । घटनाबारे छानविन गर्न सरकारले २०६६ चैत ४ गते छानबिन समितिको गठन गरेको हो । हत्याबारे राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, गैरसरकारी संस्था र इन्सेकका प्रतिवेदनले घटनामा सेनालाई दोषी ठह¥याई तत्काल कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

व्यवस्थापिका–संसद, महिला तथा बालबालिका समितिले पनि सर्वसाधारण हत्या घटनामा संलग्न बर्दिया निकुञ्जका दोषी सैनिकलाई कारबाहीका लागि सरकारलाई निर्देशन दिएको थियो । समितिले ज्वाला दल गणका सहसेनानी सुवोध कुँवरसहित १७ जनालाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । तर घटना भएको दश वर्षसम्म पनि उनीमाथि कारबाही नभएकोमा पीडित चिन्तित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिसोबाट सावधानी अपनाउँ

४ पुष २०७६, शुक्रबार ०८:०९
बुधबार वीरेन्द्रनगरको तापक्रम यो वर्षको अहिलेसम्मकै सबैभन्दा कम ६ दशमलव ५ डिग्री सेन्टीग्रेड थियो । भने हिमाली जिल्ला हुम्ला सिमकोटमा माइनस १५, डोल्पामा माइनस ९, मुगुको रारामा माइनस १० भन्दा कम पुगेको छ । यसले त्यहाँको जनजीवन कति कष्टकर होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।