कर्णालीमा दुई सय २५ टावर बन्दैं

कर्णालीपत्र संवाददाता ३ पुष २०७६, बिहीबार १२:३४

वसन्त भण्डारी
सुर्खेत । नेपाल टेलिकमले चौथो पुस्ताको इन्टरनेट सेवा ‘फोरजी’ विस्तारअन्तर्गत कर्णालीमा २ सय २५ टावर निर्माण कार्य अघि बढाएको छ । प्रदेशका १० वटै जिल्लाका विभिन्न ठाउँमा टावर निर्माण कार्य अघि बढाइएको हो । कर्णालीका १० जिल्लाहरु मध्ये नेपाल टेलिकम दूर सञ्चार कार्यालय सुर्खेतले ५ जिल्ला र क्षेत्रीय कार्यालय नेपालगञ्जबाट ५ जिल्लाको काम अघि बढाएको हो ।

जसअन्तर्गत सुर्खेत शाखाबाट सुर्खेतमा ६३, दैलेखमा ३१, कालीकोटमा २१, जाजरकोट र जुम्लामा १८, १८ वटा टावर निर्माणको चरणमा रहेका छन् भने नेपालगञ्जबाट सल्यानमा ३९, रुकुम पश्चिममा १७ वटा, डोल्पामा ३ वटा, हुम्लामा २ वटा र मुगुमा १३ वटा टावर निर्माण भइरहेको सुर्खेत कार्यालयले जनाएको छ । नेपाल टेलिकमले एक वर्षमा देशैभरी ‘फोरजी’ सेवा विस्तार गरिसक्न लक्ष्यअनुसार तीव्र गतिमा काम भइरहेको सुर्खेतका प्रमुख नवराज खतिवडाले जानकारी दिए ।

हाल कर्णाली प्रदेशका सबै ठाउँमा टावरहरु निर्माणको चरणमा रहेको उनको भनाई छ । हाल राजधानी वीरेन्द्रनगर, छिन्चु, मेहेलकुनालगायतका क्षेत्रमा विस्तार भइरहेको र आगामी एक वर्षमा कर्णालीका सबै क्षेत्रमा ‘फोरजी’ सेवा विस्तार हुने खतिवडाले बताए । हाल सुर्खेतमा २० एमबिपिएसदेखि ३० एमबिपिएसम्मको ‘फोरजी’ सेवा सञ्चालनमा रहेको छ । खतिवडाले विस्तारै ४० देखि ५० एमविपिएसको सेवा विस्तार गरिने बताए । सिडिएमए साईडजस्तै टाढा टाढासम्म टिप्नका लागि ‘फोरजी’ सेवामा ८ सय मेगाहर्जको फ्रिक्वेन्सी जडान गरिने भएकाले कर्णालीका दुर्गममा पनि यो सेवाबाट लाभ लिन सकिने उनको भनाई छ ।

११ हजार लाइन फाइबर विस्तार हुँदै

यस्तै टेलिकमले ११ हजार लाइन फाइबर विस्तारको काम अघि बढाएको जानकारी दिएको छ । गएको असार १६ गतेबाट वीरेन्द्रनगरमा ‘फाइबर टु द होम’ (एफटीटीएच) सेवाको सुरुवात गरेस“गै सेवा विस्तारमा लागेको हो । जसअन्तर्गत हाल वीरेन्द्रनगरमा १० हजार लाइन र दैलेख सदरमुकाममा १ हजार लाइन सेवा विस्तारको क्रममा रहेको प्रमुख खतिवडाले जानकारी दिए ।

‘सुर्खेतमा अण्डरग्राउण्को काम भइरहेको छ ।’ उनले भने, ‘दैलेखमा नेटवर्किङको काम भइरहेको छ । केही दिनमा नै लाईन विस्तार हुने छ । सुर्खेत र दैलेख सकिएपछि अन्य जिल्ला सदरमुकाम तथा गाउँ–गाउँमा लाइन विस्तारमा लाग्ने छौँ ।’ जति सक्दो छिटो फाइबर विस्तार गरेर तामाको तार विस्थापित गर्ने योजना रहेको भन्दै खतिवडाले सानो क्षमता भएको डिभाइसबाटै भए पनि गाउँघरका स्थानीय बजारमा पनि ‘फाइबर टु होम’ सेवा पु¥याउने बताए । हाल सुर्खेतमा ८, १८ र ५५ एमबिपिएसको फाइबर जडान भइरहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-09-04)

३ पुष २०७६, बिहीबार १२:३४