हिउँ पञ्छाउँदै विरोध

कर्णालीपत्र संवाददाता २ पुष २०७६, बुधबार ०६:०५

सिमकोट । नेपाली कांग्रेस हुम्लाले सिमकोटमा हिउँमै विरोध सभाको आयोजना गरेको छ ।

स्थानीय, प्रदेश र संघीय सरकारमै दुई तिहाई बहुमत भएको वर्तमान सरकारका गतिविधिले गाउँगाउँमा बढ्दै गएको अनियमितता, स्वेच्छाचारितालाई नियन्त्रण गराउन माग गरेको कांग्रेस हुम्लाले माइनस १२ को तापक्रममा उक्त विरोधसभाको आयोजना गरेको हो ।

जिल्ला सदरमुकाम सिमकोटमा आयोजना गरेको विरोध सभालाई समवोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय लक्ष्य राखेको दुइतिहाइको वर्तमान सरकारका गतिविधिले नेपालले भ्रष्टाचारयुक्त देशको इतिहास ब्रेक गर्ने बताए । ‘प्रदेश सरकार मन्त्री, प्रतिनिधिसभाका सांसद् आफै एक हातले योजना दिने अर्को हातले कमिसन लिने गरेपछि देश समृद्ध बन्छ ?’ कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका शाहीले प्रश्न गर्दै भने, ‘तीनै तहका सरकारका व्यथितिलाई सहन नसकेर कांग्रेसले स्थानीयस्तरमै भए पनि विरोध सभाको आयोजना गरेको हो ।’

आफ्नो सम्वोधनको अधिकांश समय कर्णाली प्रदेश सरकार र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विरोधमा खर्चिएका शाहीले प्रदेश सरकारका बहालवाला मन्त्री र उनका आफन्तबाट पछिल्लो समय जिल्लामा भएका गतिविधिले लामो संघर्षले स्थापित परिवर्तनप्रति नै नागरिकको आकर्षण घट्दै गएको दाबी गरे । ‘प्रदेश सरकारले तय गरेका सबै नीति तथा कार्यक्रम प्रदेशको विधायिका प्रदेशसभाले पारित गरेपछि मात्रै सरकारले कार्यान्वयन गर्ने हो ।’ पूर्वमन्त्री समेत रहेका शाहीले भने, ‘तर स्थानीय नागरिकलाई ढाँट्दै गाउँमा सञ्चालन भएको योजनाका उपभोक्ताको घरघरमा आफ्ना भाई÷बहिनी पठाएर सबै योजना मैले नै दिएको हो भनेर प्रचार गर्ने बहालवाला मन्त्रीकै संलग्नतामा ठूलो व्यथिति बढ्दै गएको हो ।’

कृषि, भेटनरी, घरेलु र वन कार्यालयमार्फत् गएका अनुदानका कार्यक्रममा प्रचलित कानूनी मान्यता मिचेर रकम वितरण गरेपछि त्यसबाट कुनै उपलब्धी नदेखिएको आरोप लगाएका शाहीले अनुदानकै लागि पछिल्लो समय जिल्लामा फर्म र व्यवसायको कागजी रुपमा दर्ता गराउने काम भएको उल्लेख गरे । ‘घरमा एक घार नभएको व्यक्तिले अनुदान लिएर प्रदेशको रिपोर्टमा मौरी पालक कृषक भएको छ । गोठमा एक बाख्रा नपाल्ने व्यक्ति आज व्यवसायिक रुपमा बाख्रापालक किसान भएको छ ।’ सांसद शाहीले भने, ‘सत्ता र दुई तिहाइको शक्तिका भरमा राज्यको रकम दोहन गरेको वास्तविकतालाई आसन्न कर्णाली प्रदेशसभाको बैठकमा प्रतिपक्ष कांग्रेसले स्थलगत छानबिनको माग गर्दै विरोध गर्छ ।’

चामल बुभ्mन पनि राजनीति भयो

आफ्नो अधिकांश सम्वोधनको समय जिल्लाबाट प्रदेश सरकारम सहभागी सामाजिक विकास मन्त्री दल रावलको विरोधमा केन्द्रित गरेका कांग्रेस नेता शाहीले नेपाल खाद्य संस्थानको चामल बुभ्mने जिम्मा दिनसमेत राजनीति गरेको आरोप लगाए । ‘स्थानीय तह निर्वाचित भइसकेपछि स्वतः सम्बन्धित स्थानीय तहमा हुने जुनसुकै कामको जवाफदेही हुन्छ ।’ उनले भने, ‘खार्पुनाथ गाउँपालिकामा स्थानीय राजनीतिक दललाई अनुदानको चामल बुभ्mने समिति बनाएको र अन्य छ गाउँपालिकामा जनप्रतिनिधिलाई उक्त चामल बुभ्mने जिम्मा दिन प्रदेश सरकारबाटै निर्देशन आएको छ ।’ सातवटा स्थानीय तह भएको हुम्लामा नेकपाले निर्वाचन जितेका स्थानीय तहमा फरक र कांग्रेसले निर्वाचन जितेका स्थानीय तहमा फरक कानून हुननहुने जिकिर गरे ।

प्रहरी प्रशासनले विभेद ग¥यो

प्रतिपक्ष दल नेपाली कांग्रेस हुम्लालाई प्रहरी प्रशासनले सत्ताको आडमा विभेद गरेको आरोप लगाएको छ । गएको मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा आफ्नो पकट क्षेत्र गुमाएपछि पहिलो पटक सदरमुकाम सिमकोटमा आयोजना गरेको विरोधसभामार्फत् कांग्रेसले उक्त आरोप लगाएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य शाहीले भने, ‘जिल्लाको प्रहरी प्रशासनले सबै नागरिक र राजनीतिक दललाई राज्यको कानूनका दृष्टिले व्यवहार गर्ने हो तर हुम्लामा त्यस्तो स्थिति पाइएन । जुन निकै दुःखद् पक्ष हो ।’ कानून सबैको नजरमा र सबैका लािग बराबर हुने उल्लेख गरेका उनले पछिल्लो समय पाँच केजी खाद्यको चामल वितरणदेखि अन्य हरेक कार्यक्रममा प्रशासनबाट सत्तापक्ष र प्रतिपक्षलाई दुइ खाले व्यवहार भएको दाबी गरे । ‘प्रशासनले छानीछानी कांग्रेसका कार्यकर्तालाई मुद्दा दायर गर्दै छ ।’ उनले भने, ‘यस्ता गतिविधिकाविरुद्धमा अब कांग्रेसले सडकदेखि सदनसम्म गर्ने आन्दोनको तारो प्रहरी प्रशासन हुनेछ ।’

सिमकोटको मानसरोबर बहुमुखी क्याम्पसमा जिल्ला पार्टी सभापति जयपति रोकायाको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा पूर्वसांसद रिता शाही, मंगलबहादुर शाहीलगायतका नेताहरूले पनि नेकपा नेतृत्वको सरकार र जिल्लाको प्रहरी प्रशासनको चर्को आलोचना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकी र जमुनाबाट शुरु भयो बैंक खाता

२ पुष २०७६, बुधबार ०६:०५
खाँडाचक्र नगरपालिका–२ मान्म कालीकोटकी बालिका जानकी र जमुनाबाट कर्णाली प्रदेश सरकारले बैंक खाता छोरीको कार्यक्रम शुरु गरेको छ ।

सम्बन्धित शीर्षक