कुमाख गाउँपालिका आफ्नै भवनमा

कर्णालीपत्र संवाददाता १ पुष २०७६, मंगलवार १२:२७

सल्यान ।   सल्यानको कुमाख गाउँपालिका आफ्नै भवनमा सरेको छ । रागेचौरमा भाडाको घरमा सञ्चालन हुदैँ आएको गाउँपालिका ३३ महिनापछि आफ्नै भवनमा सरेको हो ।

यो सँगै गाउँपालिकाले वार्षिक रुपमा भाडास्वरुप तिर्दै आएको १ लाख ५० हजार रुपैयाँ वचत हुने गाउँपालिकाका अध्यक्ष दिलमाया बुढामगरले बताइन् । आफ्नो व्यवस्थापन नहुञ्जेल अरुको व्यवस्थापनको कुरा गर्नु राम्रो नभएको उल्लेख गरेकी अध्यक्ष बुढमगरले भनिन्, ‘गाउँपालिकाले आफ्नो व्यवस्थापनमा भवन निर्माण गरेर ऐतिहाँसिक काम गरेको छ । अब हामी गाउँपालिकाको विकासमा त्यस्तै एतिहाँसिक काम गर्छौ ।’

भवनको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख हरिप्रकाश बुढाथोकीले बजेट अन्यत्र खर्च भइरहेका कुरा आइरहेका बेला कुमाख गाउँपालिकाले आफ्नै भवन निर्माण गरेर राम्रो काम गरेको बताए ।

गाउँपालिकाको भवन निर्माणका लागि जग्गा दान गर्ने गोपाल योगी, प्रेमबहादुर भारती, टेकनाथ योगी, भद्रि रावत, चित्रनाथ योगी, धनवीर रावत, नरबहादुर भारती, गोविन्द भारती, रुपकलीनाथ योगी, प्रेमबहादुर भारती र सीताकुमारी भारतीलाई एक कार्यक्रमका बीच गाउँपालिकाले सम्मान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाल श्रमिकको बाध्यता बुझ

१ पुष २०७६, मंगलवार १२:२७
हिउँदे विदामा आफ्नो पेट पाल्न र थप पढाइका लागि कापी, कलम र ड्रेस ल्याउन सिंजा गाउँपालिका–३ नराकोट जुम्लाका ९ वर्षदेखि १७ वर्षका १९ जना बालबालिका केही दिनअघि काला पहाड जाँदै गर्दा जमुनाहा नाकाबाट फर्काइएका छन् । यो खबर समृद्धिको यात्रामा अघि बढेको कर्णाली प्रदेश सरकार र संघीय सरकारकै लागि दुःखद् […]