बनगाड कुपिण्डे नगरपालिकाको छैठौं नगरसभा

कर्णालीपत्र संवाददाता १ पुष २०७६, मंगलवार १२:२३

सुर्खेत । बनगाड कुपिण्डे नगरपालिकाको छैटौं नगरसभा शुरु भएको छ । नगरसभामा उपप्रमुख मञ्जु यरीले सडक, शिक्षा, स्वास्थ, खानेपानी, सिचाइँ कुलो, कृषि, पर्यटनलगायतका विभिन्न विषयलाई प्राथमिकता दिँदै ५७ बुँदे नीति तथा कार्यक्रम पेश गरेकी छिन् । उपप्रमुख यरीले पेस गरेको नीति तथा कार्यक्रममा नगरका गौरवका योजनाहरु कुपिण्डे दहको भौतिक पूर्वाधार र पर्यावरण संरक्षण गरिने, रिङ्ग रोड निर्माण गरिने, राता चौरमा मिनी रंगशाला निर्माण गरिने विद्यालयमा पढ्ने किशोरीलाई निःशुल्क स्यानटरी प्याडको वितरण गर्ने, अपांग व्यक्तिका लागि सहायक सामग्री व्यवस्था गर्नेलगायतका विषयहरु समावेश गरिएको छ ।

नगरसभाले विधान समिति संयोजक पुरुषोत्तम आचार्यले पेस गरेको स्थानीय राजपत्रमा प्रकाशित हुने गरी स्थानीय राजपत्र प्रकाशन कार्यविधि २०६७ र बनगाड कुपिण्डे नगरपालिका न्यायिक समिति कार्यविधिसम्बन्धी २०६७ ऐन पारित गरेको छ । त्यस्तै नगरसभामा चालू आवका लागि ५२ करोड ८१ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ ।

जसमा कुल विनियोजन चालूतर्फ ३३ करोड २३ लाख रुपैयाँ र कुल विनियोजन पूँजी तर्फ १९ करोड २८ लाख ८६ हजार रुपैयाँ बजेट प्रस्तुत गरिएको छ । जसमा आयतर्फ आन्तरिक राजस्व ५० लाख रुपैयाँ, नेपाल सरकार वित्तीय समानीकरण अनुदान ३८ करोड २४ लाख रुपैयाँ, राजस्व बाँडफाड ११ करोड २९ लाख ४२ हजार रुपैयाँ र प्रदेश सरकार वित्तीय समानीकरण अनुदान १ करोड ५ लाख ४४ हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।

नगरसभाको उद्घाटन गर्दै नगर प्रमुख गोविन्दकुमार पुनले नगरको समृद्धिका लागि जनप्रतिनिधिहरुबीचको समन्वय र एकता आवश्यक रहेको बताए । उनले तीनै तहका सरकारबाट विनियोजित बजेटको सदुपयोगबारे चनाखो हुनुपर्ने धारणा राखे ।

नगरसभामा वडा नम्बर ४ का वडा अध्यक्ष मोमत रोका, पत्रकार इन्द्र बुढाथोकी र दुर्गा बिसीलगायतले सफलताको शुभकामना दिएका थिए भने स्वागत मन्तव्य निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुमाख गाउँपालिका आफ्नै भवनमा

१ पुष २०७६, मंगलवार १२:२३
 सल्यानको कुमाख गाउँपालिका आफ्नै भवनमा सरेको छ । रागेचौरमा भाडाको घरमा सञ्चालन हुदैँ आएको गाउँपालिका ३३ महिनापछि आफ्नै भवनमा सरेको हो ।