ठगीको १४ लाख फिर्ता

कर्णालीपत्र संवाददाता २८ मंसिर २०७६, शनिबार १३:१०

हस्त बुढा
जुम्ला । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले निःशुल्क वितरण गर्ने सोलारमा असुलेको ३३ लाख रकममध्ये १४ लाख १ हजार ५ सय रकम फिर्ता गरेको छ । दलित तथा जनजातीहरूका लागि अनुदानमा वितरण गर्ने भनिएको प्रतिसोलारबाट १ हजार ५ सयका दरले उक्त रकम असुलेको खबर कर्णालीपत्रले निरन्तर रुपमा समाचार प्रकाशित गरेपछि उक्त रकम फिर्ता भएको हो ।

जिल्लाका चारवटा स्थानीय तहका १८ वडासँग मिलेर सोलार वितरणको जिम्मा पाएको सिआरसी कम्पनी सोलार होम्स जेभीका जुम्ला प्रतिनिधि मिनबहादुर मल्लले असुलेको उक्त रकम समाचार प्रकाशित भएपछि फिर्ता गरेका हुन् । उनले चन्दननाथ नगरपालिका दलित तथा जनाजातीबाट गैर कानूनी रुपमा उठाएको १६ लाख २५ हजार रकममध्ये ७ लाख ४० हजार रकम फिर्ता गरेको छ । रकम चन्दननाथ नगरपालिकाको विपद् खातामा जम्मा भएको न्यायिक समिति संयोजकसमेत रहेकी उपप्रमुख अप्सरादेवी न्योपानेले जानकारी दिइन् ।

यसैगरी गोठीचौर गाउँपालिका–५ का १ सय ८१ जनाको २ लाख ७१ हजार ५ सय र वडा नम्बर ४ का १ सय ३० जनाको १ लाख ९५ हजार रकम फिर्ता गरेको छ । उक्त रकमको चेक स्थानीय प्रतिनिधि मल्लले आफूलाई दिएको वडा अध्यक्ष चन्द्र नेपालीले बताए । उनका अनुसार मल्ले गोठीचौर–३ का वडा अध्यक्ष प्रेम बुढालाई पनि १ लाख ९५ हजार रकमको चेक दिएका थिए । निःशुल्क वितरण गर्ने सोलारबाट असुलेको रकम वडा नम्बर ४ का स्थानीयको १ लाख ९५ हजार वडा अध्यक्ष जग्गीप्रसाद न्यौपानेमार्फत् फिर्ता भएको छ ।

फिर्ता भएको गोठिचौर गाउँपालिका–१, ४ र ५ को रकम साझा बहुउद्देश्यीय सहकारी संस्थाको पहलमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको संस्थाका सचिव रामचन्द्र नेपालीले जानकारी दिए । सोलारको नाममा भएको ठगीका बारेमा समाचार प्रकाशित भएपछि हामीलाई मल्लबाट रकम फिर्ता गराउन निकै सहज भयो । उनले भने, ‘बाँकी रकम फिर्ता गराउने बारेमा हामीले अब कानूनी उपचारका लागि पहल चाल्दै छौं ।’

गैरकानूनी रुपमा रकम असुलेका मल्लले बाँकी रकम फिर्ता नगरे जिल्लाका चारवटै स्थानीय तहमा भएका स्थानीय न्यायिक समितिसँगको सहकार्यमा अदालत जाने तयारी भइरहेको जानकारी दिएका सचिव नेपालीले सोलार वितरण गर्ने स्थानीय प्रतिनिधि मल्ल सम्पर्क बिहिन भएपछि कम्पनीको केन्द्रसँग निरन्तर पहल भइरेहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य संस्थामा सुत्केरी भए ४८ सय

२८ मंसिर २०७६, शनिबार १३:१०
चन्द्रा क“डेल सुर्खेत । नियमित गर्व जाँच गराउने स्वास्थ्य संस्थामै सुत्केरी हुने कर्णालीका सुत्केरीले अब ४ हजार ८ सय रुपैयाँ पाउने भएका छन् । कर्णाली प्रदेश सरकारले स्वास्थ्य संस्थामा प्रसूति हुने महिलालाई पोषण बापत थप दुई हजार रकम दिनेभएपछि सुत्केरी महिलाले पाउने रकम ४ हजार ८ सय रुपैयाँ भएको हो […]

सम्बन्धित शीर्षक