खार्पुनाथका तीन मतदान केन्द्रमा मतदान सकियो

कर्णालीपत्र संवाददाता १४ मंसिर २०७६, शनिबार १५:१९

सिमकोट । निकै महत्वका साथ हेरिएको हुम्लाको खार्पुनाथ गाउँपालिकाका चारवटा मतदान केन्द्रमा मतदान सकिएको छ ।

पाँचवटा मतदान केन्द्र भएको खार्पुनाथका चारवटा मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो । निर्वाचन कार्यालय हुम्लाका अनुसार अहिलेसम्म लालीको मालिका माध्यमिक विद्यालय लाली, हुम्ला माध्यमिक विद्यालय राया, थाली र सिता माध्यमिक विद्यालय छिप्रामा मतदान सकिएको छ ।

मतदान केन्द्रमै रहेका नेकपा हुम्लाका अध्यक्ष लालकेश जैशीका अनुसार सकिएको लालीमा ७ सय ९९, थालीमा ३ सय ७० छिप्रामा ५ सय ५५ र रायामा ४ सय ७५ मत खसेको छ । निकै चासोका हेरिएको मान्धारा माध्यमिक विद्यालय खर्पेलगाउँमा भने मतदान सकिन झण्डै २ सय मत बाँकी छ ।

नेकपा र नेपाली कांग्रेसकै प्रतिष्ठााको विषय बनेको खार्पुनाथको निर्वाचन निकै शान्तपूर्वक रुपमा सम्पन्न भएको जिल्ला शुरषा समितिका अध्यष तथा प्रमूख जिलला अधिकारी विनिता भट्टराईले जानकारी दिइन् । उनका अनुसार मतदान सोचेभन्दा शान्तीपूर्वक रुपमा सम्पन्न भएको छ । बाँकी रहेको मान्धारमा पनि केही समयमै सम्नन्न हुने उनले जानकारी दिइन् ।

उपाध्यक्ष पदकालागि नेकपाका उम्मेरदवार रुपा शाही र नेपाली कंग्रेसका उम्मेरदवार तारा शाही चुनावी मैदानमा छन् ।

तत्कालिन गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीको गएको असार ३ गते जिप दुर्घटनामा मृत्यु भएपछि । उपनिर्वाचन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper २०७६-०८-१५

१४ मंसिर २०७६, शनिबार १५:१९