दैलेखमा माइक्रो बस दुर्घटना, ३ जनाको मृत्यु

कर्णालीपत्र संवाददाता १३ मंसिर २०७६, शुक्रबार १३:२७

दैलेख, १३ मंसिर । दैलेखको गुरासेँ गाउँपालिका ४ मुग्रामा हाइस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सुर्खेतदेखि दैलेख आउँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दुर्घटना आजा शुक्रबार बिहान भएको हो।

दुर्घटनामा घटनास्थलमै ३ जनाको मृत्यु भएको भने ७ जना घाइते भएका छन्। घाइतेहरुको रानीमत्ता प्रहरी चौकीबाट पुगेका प्रहरी र स्थानीयहरुले उद्धार गरिरहेका छन्।

दुर्घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ई-पेपर २०७६-०८-१४

१३ मंसिर २०७६, शुक्रबार १३:२७