चन्दननाथ गुठीको जग्गा अतिक्रमणमा

कर्णालीपत्र संवाददाता ११ मंसिर २०७६, बुधबार २३:४५

हस्त बुढा
जुम्ला १० मंसिर
विभिन्न क्षेत्रबाट चन्दननाथ, भैरबनाथ गुठीको नाममा रहेको जग्गा व्यापक अतिक्रमण भएको छ । पछिल्लो सयम गुठीको नाममा रहेको सेराज्यूलको जग्गा समेत व्यापक अतिक्रमण हुंदै गएपछि यस्तो तत्थ्य बाहिर आएको हो ।

चन्दननाथ गुठीका सचिव रमानन्द आर्चायका अनुसार केहि वर्षअघि गुठीका नममा रहेको हजारौ हेक्टर जग्गा अतिक्रमणमा परेपछि अहिले निकै न्यून छ । उनका अनुसार गुठीको नाममा जुम्ला जिल्लाको सेराज्यूलो जग्गा मात्रै बाँकी छ । जसको क्षेत्रफल ७४ हजार २ सय ९४ वर्गमिटर छ । ‘चन्दननाथ वावाले मार्सी धानको खेति गर्न शुरु गरेको सेराज्यूलो पुरै गुठीका नाममा थियो ।’ आचार्यले कर्णालीपत्रसँग भने, ‘अहिले त्यही सेराज्यूलोको जग्गा पनि अतिक्रमित हुँदै गएको छ ।’

गुठीको नाममा भएको भएको जग्गामा मनपरी रुपमा व्यक्तीगत घर निर्माण गर्ने, टहरा बनाउने, व्यवसायिक प्रयोजनकालागि प्लटिङ गर्ने, कार्यालय भवन निर्माण गरेर गुठीको जग्गा अतिक्रमण भैरहेको सचिव आचार्यले जानकारी दिए । जुम्ला जिल्लामात्रै नभएर समग्र कर्णालीकै पहिचान बनेका चन्दननाथ वावाको नाममा जुम्लामात्रै होइन कर्णालीभरी नै प्रसस्त जग्गा थियो । त्यही जग्गालाई व्यवस्थित गर्न चन्दननाथ र भैरवनाथ वावाको नाम जोडेर स्थापना भएको गुठी मातहतको जग्गाजमिन भने अतिक्रमित गरेर अहिले व्यक्तीगत नाममा दर्ता गर्ने काम भैहेको छ । यसबारेमा जिल्लाका सबै सरोकारवाला निकाय भने मौन बसेका छन् । २०३६ सालमा स्थापना भएको गुठी व्यवस्थापन समितिमा ३९ वर्षको अवधिमा ११ जना अध्यक्षको कार्यकाल सकियो तर कुनै अध्यक्षको पालामापनि गुठीको नाममा दर्ता भएको जग्गाको खोजि नभएको स्थानीयको आरोप छ । गुठी समितिको नाममा भएको जग्गा जिल्लाका हुनेखाने र प्रतिष्ठीत व्यक्तीले दर्ता गरेको बताएका चन्दनाथ नगरपालिका–१ का एक जना ५९ वर्षिय वृद्धले भने ठूला व्यक्तीने अतिक्रमण गर्ने काममा लागेकाले पनि अहिलेसम्म छानविन् नभएको हो ।
आफ्नो नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिएका ती वृद्धले भने, ‘समितिको लापारबाही र हेलचक्राईले गर्दा धार्मिक र पुरातात्विक महत्वको चन्दननाथ र भैरवनाथ वावाको नाममा दर्ता भएको जग्गा मनलाग्दी अतिक्रमण गर्ने काम भएको छ ।’
आस्थाको धरोहरका रुपमा रहेका चन्दननाथ पछिल्लो समय कालोबजारी गर्ने थलोका रुपमा प्रयोग भएको छ । चन्दननाथकै सार्की थरका एकजानले गुठीको जग्गा नेपाली सेनादेखि नेतासम्मले अतिक्रमण गरेको आरोप लगाएका छन् । उनका अनुसार सरकारले शुरु गरेको जनता आवास कार्यक्रमका भवन निर्माण, खेलकुद विकास समितिको कार्यालय भवन निर्माण गर्ने देखि अन्य स्थानीयका घर समेत गुठीकै जग्गामा लगाएपछि यसको अतिक्रमण हुने दर ‘दिन दुगुना रात चौगुना’का हिसाबले बढ्दै गएको छ ।
गुठीको जग्गा अतिक्रमण गर्नेमा व्यक्तिदेखि सरकारी निकाय र स्थानीय सरकारसमेत रहेको दाबी चन्दननाथ गुठी समितिका सचिव आचार्यको दाबी छ । उनी भन्छन्, ‘गुठीकै जग्गामा खेलकुद विकास समितिको कार्यालय बनेको छ । जो समितिकै नाममा भइसकेको छ ।’ उनका अनुसार जिल्ला उद्योग वाणिज्य संघ जुम्ला, कर्णाली खस संग्रहालय र चन्दननाथ नगरपालिकाद्वारा निर्माण गरिएको पार्किङ स्थलसमेत त्यही जग्गाकै अतिक्रमणमा गरिएको छ । सम्बन्धित निकायले समयमै ध्यान नदिने र कानून विपरित अतिक्रमण गर्नेलाई कारबाही नगर्ने हो भने गुठीको जग्गा थियो रे भन्ने इतिहाँस बन्ने छ भन्ने अनुमान स्थानीयले गरेका छन् ।
चन्दननाथ गुठीको नाममा पहिले जुम्लाको गज्र्याङकोट, देपालगाउँ, बियारे, महतगाउँ, तलिउम, कुडारी, डाँडाकोट, राजिकोट लगायत कालिकोटको राजकोट, मुगुको नागथार्प, बाजुराको कोल्टी र हुम्लामा समेते जग्गा छ । तर पनि अहिले जुम्ला जिल्ला बारिहको सबैजग्गा अतिक्रमणमा परेरको चन्दननाथ गुठी समितिको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेतो पुर्जा र ऐलानी जग्गा मुआब्जा माग

११ मंसिर २०७६, बुधबार २३:४५
डाइभर्सन जनहित समितिले बुधबार जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत मुआब्जा माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन ।