हुम्लामा टिपर दुर्घटनाः ३ को मृत्यु, १२ घाइते (अपडेट)

कर्णालीपत्र संवाददाता ११ मंसिर २०७६, बुधबार १७:४७

हुम्ला । जिल्ला सदरमुकाम सिमकोटमा टिपर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।

नाम्खा गाउँपालिकाको सन्धीखोलाबाट जिल्ला सदरमुकाम जाँदै गरेकोा लु ४ ख ३२६९ नम्बरको टिपर सडकबाट १५ मिटर तल खसेको छ । मृत्यु हुनेमा एक महिला र २ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तिमगरले बताए ।

मृतकको पहिचान नभइसकेको र घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल हुम्ला लगिएको उनले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रिपर दुर्घटनामा चारको मृत्यु, ११ घाइते

११ मंसिर २०७६, बुधबार १७:४७
दुर्घटनामा परेर मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षिय छिरिङकार्मा लामा, ३५ वर्षिय नरी लामा, खार्पुनाथ गाउँपालिका–१ प्युसका बबरजंग शाही र स्वास्थ्य कार्यालयका कार्यालय सहयोगी समेत रहेका सिमकोट–६ वक्त रोकाया रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।