नेपाल र नेपालको सिमासुरक्षा

कर्णालीपत्र संवाददाता ९ मंसिर २०७६, सोमबार १०:५५
                दिपेन्द्र कुमार बि सि (दिपु)

(बि.सं. २००७ साल यता सिंह दरबारको पर्खालमा ३५ जना प्रधानमन्त्रीको पोस्टर ठाडिन सक्यो तर बिडम्बनाको कुरा मेरो देशको सिमा रक्षाको निम्ति सिमाक्षेत्रमा एउटै पिलर ठाँडिन सकेन)

हाम्रो देश नेपाल बिश्वमै आफनै राष्ट्रिय पहिचान भएको नेपाली वीरहरुको स्वाभिमानि, बहादुरीता र राष्ट्रप्रेमले परिचीत वीर गोर्खालीको देश हो। नेपालको पहिचान गोर्खाली सान, प्राकृतिक सम्पदा देखी, रहनसहन तथा संस्कृतले पनि आफ्नै रूपमा परिचीत राष्ट्र हो। बिश्वमा शान्तिको उपदेश दिने भगवान गौतम बुद्ध देखी अंग्रेजी साम्राज्यवादलाई झूक्नु बाध्य बनाउने, राष्ट्रको रक्षाको निम्ति दिन रात केहि नभनी , भोक भोकै , ढुंगामुढाको भरमा बालबच्चा , महिला , बुढाबुढिको साथमा युद्ध गर्ने बलभ्रद कुँवर, अमरसिंह थापा , भक्ती थापा , भिमसेन थापा, बहादुर शाह , जस्ता करोडौं देशभक्ति नेपालीहरुको जन्म भएको र अहिले तिनै वीरहरुको रगत शरीरमा बगिरहेका करोडौं नेपालीहरुको राष्ट्र हो नेपाल। अंग्रेजी साम्राज्यवादको बिस्तार जतासुकै हुँदा बिश्व संगै एसियाका भारत ,बंगलादेश , श्रीलंका आदि अधिकांश राष्ट्र बिर्टिसको उपनिबेशमा बस्दा सिंगो नेपालमात्रै अटल अनि स्वतन्त्र थियोे। हाम्रो पू्र्खाले देखाएको राष्ट्रबादको प्रष्ट प्रमाण र नेपाली बहादुरीता अझै छर्लंग नै छ।

जर्मनका कैजरले भनेका थिए ूबिश्वका सबै सेना संग मेरो सेना भिडाउन तयार छु तर गोर्खाली सेना बाहेक ू गोर्खाली भन्न साथ मेरो मुटु थरथरले कामछ१गोर्खालीले दोस्रो बिश्वयुद्धमा बहादुरीता देखाएका थिए। बहादुरी देखेर नै गोर्खालीहरुलाई सिंगापुरी सेना, अंग्रेजी (बृटिस सेना), भारतिय सेनामा नेपालीहरु लग्नेगरिन्छ साथै बिश्व शान्ति सेनामा पनि नेपाली सेना पठाइन्छ। हामीले हाम्रो सेना पठाउनु र लग्नु हामी कायरता र गुलामी होइन हिजुको बहादुरीताको इतिहास र अझैसम्म पनि नेपालीहरुमा बहादुरीता छ भन्ने प्रमाण संग इतिहासको सम्मान र नेपालीहुनुको गौरव हो।

हालै भारतको गृहमन्त्रालयले सार्वजनिक गरेको भारतको नक्सामा नेपाली भुमि दार्चुला जिल्लाको सिमावती क्षेत्र लिपुलेक र लिम्पियाधुरा कालापानीलाई समाबेश गरेको छ। भारतको यस कु(चेष्टाले नेपालीजनताहरु भारतको विरुद्धमा ओर्लिसकेका छ्न। सडकमा जनआवज निस्किएको छ भारतको बिस्तारवाद विरुद्ध जूलूस निस्केका छ्न। नेकपाको भातृ संगठन अनेरास्ववियुले देशै भर आन्दोलन देखी इलामको सन्दकपुरमा भारतले अतिक्रमण गरेको नेपाली भुमिमा गएर भारतीय सुरक्षा दल एस एस बि संगको झडक संगै लखेटदै नेपालको झण्डा समेत गाडेका छ्न। यस्तै हरेक क्षेत्रमा अतिक्रमणमा परेका नेपाली भुमिबाट भारतीय सेना हटाउन सरकार देखी जनता लाग्नु जरुरी छ। नेपालको कुल भुभाग १,४७,१८१ बर्गकिलोमीटर छ भने पुर्व (पश्चिम लम्बाई ८८५ किलोमीटर र उतर( दक्षिण चौडाई १९३ किलोमीटर छ।भारतले नेपाली भुमि लिपुलेक र कालापानी मात्रै नभएर भारतको सिमा जोडिएका २६ जिल्लामध्य २३ जिल्लाका ७१ स्थानमा ६०६६२ हेक्टर नेपाली भुमि भारतले अतिक्रमण गरेको छ भने कालापानीमा सबैभन्दा बढी २७३ बर्गकिलोमिटर भुमि आफ्नो नक्सामा समाबेश गरेको छ। कालापानी, सुस्ता देखी पशुपतिनगर सम्म बारबार अतिक्रमण गर्दै आएरहेको छ। त्यसतै उतरमा रहेको चिनले ३७ हेक्टर भुमि अतिक्रमण गरेको छ।नेपालको भुमिहरु प्रति हाम्रा छिमेकी राष्ट्रहरुले गिद्दे नजर लगाइरहेका छ्न। नेपालि भुमि लिपुलेक नेपाल,चीन र भारत जोडने तृदेशिय उद्यगम स्थल हो। जुन ठाउँबाट भारत र चिनको बाटो नजिक पर्ने र व्यपार प्रबाहनमा छिटो र सजिलो हुने हुँदा भारतको गिद्दे नजर लाग्दै आएको र नेपाली भुमि आफ्नो भन्दै भारतीए सेना खडा गर्ने गरेको छ।

सन २०१५ मा भारतका प्रधानमन्त्री मोदी चीन भ्रमणमा जाँदा नेपाली पक्षलाई थाहा नै नदिएर लिपुलेकलाई दुइदेशको व्यपारिक नाका बनाउने सम्झौता पनि गरेका थिए। ६० बर्ष पहिले भारत र चीनबिच सम्बन्ध चिसिदा भारतले युद्धको निम्ति सहजहोस भनी प्रयोग गरेको भुमी अहिले दुइदेशको सम्बन्ध राम्रो हुँदा पनि छोडेको छैन । नेपाली सिमा अतिक्रमण र बिस्तारबादलाई बढाउदै गइरहेको छ। यस्तो कु(चेष्टा गर्ने भारतीय पक्षले कालापानी, सुस्ता आदि मिचिएका भुमिबाट भारतीय सेना नहाटाए हाम्रो राष्ट्रिय स्वाधिन्ता र हाम्रो मातृभुमिको रक्षाको निम्ति राष्ट्रप्रेमी नेपाली जनता हरेक कदम चाल्न तयार छ्न।

हामी आफ्नो राष्ट्र संगै अन्य राष्ट्रको पनि राष्ट्रिय स्वाधीनताको सम्मान गर्छौँ। सम्मान गर्दागर्दै कोहिकतै गुलामी हुन्छ भने त्यो नेपाली हुन्सक्दैन तर हाम्रो सम्मान र राष्ट्रको गौरवमाथी अपमान कोहि कुनै राष्ट्रले गर्छ भने बिरहरुको रगत बगेको राष्ट्रभक्तिले उमलिएको यो रगतले पू्र्खाले रगत बगाएर आर्जेको नालापानी देखी टिष्टा सम्म हाम्रो भनी कब्जा गर्न पुग्ने छौँ। नेपालले सधै नितिनियमलाई पालना गर्छ । पंचशिलको सिद्धान्त मान्छौँ असंग्लन प्रराष्ट्र नितिलाई अवलम्बन गर्छौं । हाम्रो देश नेपाल दुई ठुला ढुंगा बिचको तरुल जस्तै छ। तर हाम्रो गरिबी, हाम्रो बिकटता, हाम्रो आन्तरिक सिमा सुरक्षा कमजोरी भएयतापनि हाम्रो राष्ट्रको भुमि कब्जा गर्ने कोहि कसैलाई मान्य छैन ।भारतको बिस्तारवाद सरकारलाई थाहा हुँदा हुँदै पनि सरकार अब झूक्नुहुँदैन। राष्ट्रियहितमा अरु संग ठाडो शिर बन्यार आमन्य सामान्यरहेर बात्रा गर्नतत्पर हुनुपर्छ ।

भारतको बिस्तारबादको रणनीतिले सिमावती क्षेत्रका नेपाली नागरिकले अत्यन्तै सास्ती भोग्नुपरेको छ कहिले भारतीय सुरक्षा दल एस एस बि द्रुरा कोटिनुपरेको छ कतिपय नेपालीले सिमामा भारतीय सेनाको गोलि खायर रगत पनि बगाईसकेका छ्न। भारतिय पक्षले ज्यानमार्ने धम्की, कुटपिट देखी आवतजावतमा, दैनिकी नै थप्प पारेका थुप्रै घटना हाम्रै आँखा अगाडी छ्न। बेलुका नेपाली , नेपालको भुमिमा सुत्दा उज्यालो हुँदा नेपाली भारतको सिमा भित्र परेको हुन्छ। रातारात सिमा सारेर नेपाली भु( भाग कब्जा गरिन्छ क्स्तो दुर्दशा छ देशको? हरेक नेपाली नेपालमै नेपाली भएर मर्न चाहान्छ। सरकारले दक्षिणी सिमावती क्षेत्रमा व्यवास्था गर्दा भारतले हामिलाई जिस्काइरहेको छ । बिषालु सर्पलाई जिस्काए के झेल्नुपर्छ त्यो भारतलाई थाहा नै होला नेपाल र नेपाली भुटानी , बंगाली र पाकिस्तानी ज्स्तो छैनन् ११गोर्खाली हुन गोर्खाली११ इतिहास दोर्हयाउन बाध्य नबनाहोस।भारतले सिमा क्षेत्रमा राखेका सेनाहरु तत्काल फिर्ता गर्नुपर्छ । बिडम्बनाको कुरा नेपालले हाल सम्म सिमा क्षेत्रमा सुरक्षा दल खटाउन सक्केको छैन भने केहि क्षेत्रमा राखेका प्रहरी पनि ४र५ जना छन भने त्यही पनि ४र५ कोष टाढा सिमाक्षेत्रमा भारतले भुमि हडपदै जान्छ प्रहरी क्याम्प पछाडि सर्दै जान्छ कस्तो दुर्दशा ?

बि.सं. २०७२ सालमा भारतले नाका बन्दी गर्दा निडर भएर राष्ट्रको नेतृत्व गरेका सम्मानिय प्रधानमन्त्री अहिले पनि दुइतिहाई बहुमतको सरकाको प्रधानमन्त्री हुनुहुन्छ आशा छ सिमाबिबाद सुल्झने छ केही दिन अगाडि भारतीय सेना लैजान भारतलाई एक भाषण मार्फत उदघोष पनि गरिसक्नु भएको छ। नेपाल सरकारवालाको भाषण र बिना नाम बिनाको प्रराष्ट्रमन्त्रालयको बिग्यपतिको कुनै औचित्य छैन त्यो नेपाली जनता सामु बनावटी नक्कली र बिपक्षीसंगको कायरता झल्कन्छ। सरकारले सर्वदलीय बैठक बोलाएर सिमा बिबाद बारे लिपुलेक, लिम्पियाधुरा नेपाली भुमि हो र भारतले गरेको अतिक्रमणको विरुद्ध भारतीए बिस्तारवाद विरुद्ध सबै दल नेता र सिंगो जनता एक्यवद्धता भैसकेपछी आवस्यक हरेक कदम चालिनुपर्छु। नेपाल ,भारत र चिन बीच तृदेशिय उच्च स्तरीय बैठक बोलाउनुपर्छ। बात्रा तत्काल गरि भारतिए सेना नेपाली भुमि कालापानी ,लिपुलेक आदि अतिक्रमिणत ठाउँबाट हटाउन लगाउनुपर्छ पहिलो बात्रा माध्यम टुंगो नलाग्य अन्तरास्ट्रिय अदालतमा मुद्दा दाएर गरि समाधानको बाटोमा जुटुनुपर्छ अन्त्तत नभए नेपाली बिरहरुले कदम चाल्न तत्पर रहनेछन ।

सिमाबिबाद आजको बिषय होइन करिब ६० बर्ष देखी हो। जब सन १९५० मा आसमान सन्धि सम्झौता नेपाल र भारत बिच भयो तब देखी सिमामा भारतको अतिक्रमण र हस्तक्षेप बढदै गयो। १९५० को असमान सन्धि सम्झौता खारेज गरिनुपर्छ साथै नेपालीहरुलाई भारतीए सेनामा न्युक्ती गर्ने कार्य रोकिनु पर्छ। आज सम्म राष्ट्रमा करिब ३५ जनाले प्रधानमन्त्रीपद गर्हण गरि भारतसम्म भ्रमण गरे तर उसको हस्तक्षेप , सिमाक्षेत्र, नेपाली भुमी र उसको बिस्तारविरुद्ध चु बोल्न सकेन्न र भारतले सिमावती क्षेत्रमा जन्तालाई शास्ती दिरहँदा भारतालाई कुनै जबाफ नदिएर गुलामी र चाकरी गर्दा नेपाल पक्षले सिमा सुरक्षा र पर्खाल बारे कुनै कदम नचाली सताकेन्द्रित हुँदा मौन बसिरहँंदा हाम्रा भुमि माथी भारतले आफ्नो भन्दै सिमा अतिक्रमण गर्दै आहिरहेको छ।

देशको रक्षा र राष्ट्रभक्तिको निम्ति सदनमा नेता बोल्दा सरकार बिरोधि ठान्ने सडकमा जनता बोल्दा आन्दोलनकारी ठान्ने सरकारमा राष्ट्रप्रती केहि दया माया आहोस र छिटै सिमा सुरक्षाका निम्ति नेपाली सेना शशस्त्र पठाहोस। हाम्रो सिमामा पखार्ल लगाउनुपर्छ यदि पर्खाल लगाउने बजेट नभएपनी जनताले रगतको पसिनाले पैसा कमाएर पर्खाल लगाउन तयार छन। यधपी बजेट नै कमि भए नेता मन्त्रीलाई भता दिनु भन्दा देशको सिमामा पर्खाल लगाउनु करोडौं गुणा राम्रो हुनेछ त्यो चेत सरकारलाई छिटै आहोस१ बर्षैपिछे हजारौं नेपाली सैनिक र सुरक्षाकर्मी न्युक्ती गर्दापनी किन सिमामा तैनाथ गर्न नसकेको? के नेपाली सेना नेता ,मन्त्रीको सुरक्षामै सिमित हुन कहिले पुग्छन् लिपुलेक,कालापानी आदि देशको सिमामा? सरकारवालाहरु मिडिया मात्रै खोज्न र वक्तव्य भाषण चुट्नु व्यस्त हुने हो कि असमान सन्धि खारेज गर्न अनि भारतसरकार संग बात्रा गर्न र सबक सिकाउन त्यार हुने ? त राष्ट्रबादिकी म राष्ट्रवादिको देशमै प्रतिस्पर्धा गर्नेकी बाहिरको लाई पनि देखाउने ? नेपाल सरकार११ सबै जिम्मा र भरोसा नेपाली जनताले तैमाथि सुम्पिएका छन केहि गरि देखा सरकार ११ भारतीय सेना फिर्ता छिटै गर्नुपर्छ भने नेपाली सेना हाम्रो सिमा रक्षालाई तैनाथ गराउनुपर्छ। भारत संग छलफल गरि दीर्घकालीन टुंगो लागोस कोहि कसैले हाम्रो भुमी आफ्नो भनी दाबी गर्न नपाउँन , नेताले मैले बोले तैले बोलिनस भनी राष्ट्रबादको धज्जी नउडाउन, पत्रकारलाई भासणलाई पनि धम्की भन्ने दिन नआउन, सरकारलाई बिग्यपतिमा नाम उल्लेख गर्ने डर अब कहिल्यै नरहोस भने मैले बार बार सिमा सुरक्षा गर सरकार भनी लेख लेखनुपर्ने अवस्था नआहोस । सरकारले भारत र नेपाली सिमावती क्षेत्रमा रहेका नेपाली जनताको आव्श्यकता मध्य नजर गरि सरकारी सेवा,सुबिधा संंगै बिकास र निकास पनि दिनुपर्छ।

मंसिर ७ गते नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा संगको सल्लाहले भारतले नेपाली भुमि लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतको नक्सामा राखेको भनी आरोप लगाउनुभएको छ तरपनि उहाँको गैरजिम्मेवार टिप्पणी प्रती सतापक्षी नेता रुमालिएका छ्न। सता र सरकारपक्षले विपक्षी पार्टीका नेता राष्ट्रको सवालमा नैतिकताहिन देखिन्छन भने तीनिहरुको बोली पछाडि लागेर हुँदैन देशको सिमा सुरक्षालाई व्यबस्थित र अतिक्रमणित भुमिमा नेपालको बचर्सको जमाउनुपर्छ भने भारत संग कुटनैतिक सम्बन्ध र बात्रा गरि लिपुलेक,लिम्पियाधुरा तथा कालापानी भारतको नक्साबाट हटाउनुपर्छ भने नेपाली भुमिमामा रहेका भारतीय सेना फिर्ता गराउनुपर्छ । तब पो देशद्रोहिहरुको, विपक्षीहरुको, आलोचकहरुको विभिन्न आक्षेप सरकार र नेतृत्वले पाउँदैन नत्र भने विभिन्न संका संगै आरोप भोग्नुपर्ने हुन्छ सरकार हाम्रो राष्ट्र नेपाल , हाम्रो राष्ट्रियता नेपाली र राष्ट्रको सिमामा नेपाली सेना तैनाथ गर्नुपर्छ। देशले बिकासको खड्डको मारे।दुईतिहाईका साथ बनेको सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलिको सरकारको सधैं आवश्यकता जनताले ठानिरहनेछ्न।

सिमा सुरक्षामा कडाई होस सिमामा नेपाली जनताले सास्ती भोग्ने दिनको छिटै अन्त्यहोस। नेपालको गौरव सुर्य तारा अंकित नेपाली झण्डा सधैं सिमाक्षेत्रमा सुरक्षाकर्मिहरुको साथमा फराईररहने दिन अब हामीले देखन पाउनुपर्छ । सरकारले दुबै छिमेकी राष्ट्रसंगको सम्बन्ध समुधुर बनाउनुपर्छ। व्यपार तथा बस्तुभाहुको अवात जावत्लाई नि प्रभावकारी र कडा सुरक्षा गरिनुपर्छ। राजनीतिकर्मी नेताहरूको बाहिरी शक्तिसंगको चाकुशी र शक्ति प्राप्तिको निम्ति कु( प्रय्तन गर्नु हुँदैन जहाँ राष्ट्रको मामिला , राष्ट्रियपहिचान , राष्ट्रिय गौरव, राष्ट्रभक्तिका सवालहरु हुन्छन् सबै एकजुट हुनुपर्छ भने देशलाई चोटपर्ने, अपमान हुने कुनै कदम कोहि कसैले गर्नुहुँदैन । देशको मामिलामा हामी एक भए कुनै शक्तिले आँखा लाउन दुसप्रयास गर्दैन भने देशको बिकासले नि खडको मार्छ।नेपाली सेनालाई सिमामा खटाउन तत्पपर हुनुपर्छ सरकार यसको अति आवश्यक छ। सरकारको तथा रक्षामन्त्रालयको समयमै सिमा रक्षा र सेना परिचालन गर्नमा ध्यानजानू जरुरी छ। आधुनिक तथा बैज्ञानिक सैनिक अभ्यास हुुुुनुपनि उतिकैै जरुुुरत छ।

दिपेन्द्र कुमार बि सि (दिपु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२०७६-०८-१०

९ मंसिर २०७६, सोमबार १०:५५

सम्बन्धित शीर्षक