सामाजिक कार्यकर्ता झण्डा बिनाका नेता हुन्

कर्णालीपत्र संवाददाता ९ मंसिर २०७६, सोमबार १०:०८

कर्णालीपत्र
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक कार्यकर्ता झण्डा बिनाका नेता भएको बताएका छन् ।

वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । ‘सामाजिक कार्यकर्ताले पनि राजनीति गर्छन् तर उनीहरूसँग झण्डा मात्रै हुदैन ।’ मुख्यमन्त्री शाहीले भने, ‘सामाजिक संघ संस्था निर्वाचन कार्यालयमा दर्ता नभएका राजनीतिक दल हुन् । उनीहरूले पनि समाजमा ठूलो राजनीति गरेका हुन्छन् ।’

अहिलेसम्मको स्थिति हेर्दा कर्णालीमा राजनीतिक, सामाजिकदेखि हरेक क्षेत्रले समस्याका फिल्म बनाउने, कथा, कविता लेख्ने काममात्रै गरेको उनको भनाइ थियो । स्रोत, साधनका हिसाबले निकै समुन्नत कर्णालीमा हामीले अभावका कथा र गित गाएर कहाँ बुझाउन र सुनाउन खोजेका हौं ?भन्दै मुख्यामन्त्री शाहीले समस्या र पिंडाको द्यौसी खेलेर कर्णाली प्रदेशको समृद्धि नआउने चेतावनी दिए । आफ्नो अनुभवमा प्रदेशका विज्ञहरू आत्म केन्द्रित भएको निष्कर्ष निकालेमा उनले भने, ‘जति पढेलेखेका भए पनि, विश्वलाई दश पटक चक्कर लगाएर आएका भए पनि हाम्रा विज्ञ आफू मात्रै जान्ने छु, अरु कसैले मैले जति जानेका छैनन् भन्नेमा केन्द्रित छन् । जो यथास्थितीवादी सोच हो ।’ राजनीतिज्ञ, विकासे कार्यकर्तादेखि पढेलेखेका सम्मको यथास्थितिवादी चिन्तनकै कारण विकासले अपेक्षित लक्ष्य हाँसिल गर्न नसकेको ठहर शाहीले गरे । जान्नेले सिकाएर नजान्नेले काम गर्न विकासे अवधारणाकै कारण नेपाल र कर्णालीपछि परेको बताएका मुख्य मन्त्री शाहीले अब जसले जानेको छ उसैबाट कामको थालनी गर्नुपर्ने बताए । ‘राजनीतिक नेता, सामाजिक कार्यकर्तालगायत हरेकले दिने लेक्चरबाट अब मान्छे सहमत हुँदैनन । यस्ता लेक्चर दिन कति आएआए भन्ने स्थानीयमा परेको छ । मुख्यमन्त्री शाहीले थपे, ‘अब नेतादेखि संघसंस्थाले कुरा कम काम बढी नगरेसम्म विकास त कुरै छाडौं गाउँमा कसैले पत्याउनै छोड्ने छन् ।’ सुनौला हजार दिन नेपाली पुराणमा उल्लेख भएको दावी गरेका शाहीले त्यसको कार्यान्वयन अमेरिकाले गर्दा संसारमा आज अमेरिकाकै चर्चा भएको उल्लेख गर्दै जानेका विज्ञताबाटै काम शुरु गरे परिणाम निस्कने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेशको पहिलो नगर बसले रूट परमिट पाएन

९ मंसिर २०७६, सोमबार १०:०८
चामुण्डा बिन्द्रासैनी नगरपालिकाको सबै वडालाई समेट्ने गरी पालेतडाँदेखि तीजडाँडासम्म करिब २५ किलोमिटर सो नगरबस सञ्चालन गर्ने नगरपालिकाको तयारी थियो । उद्घाटन भएको महिना दिन बितिसक्दा पनि नगरबस सञ्चालन नभएकोमा स्थानीयले गुनासो गरेका छन् ।