स्वास्थ्य राज्यमन्त्री रावत भन्छनः कालागाँउमा मेडिकल कलेज

कर्णालीपत्र संवाददाता ८ मंसिर २०७६, आईतवार १०:०४

कर्णालीपत्र, सुर्खेत । नवनियुक्त स्वास्थ्य राज्यमज्त्री नवराज रावतले कालागाउँको प्रदेश अस्पताललाई नै मेडिकल कलेजका रुपमा विकास गर्ने बताएका छन् ।

भर्खरै स्वास्थ्य राज्यमन्त्रीमा पदभार ग्रहण गरेर गृह जिल्ला सुर्खेत आएका राज्यमन्त्री रावतले शनिबार यस्तो बताएका हुन् ।

‘कर्णाली प्रदेशकै गौरवको रुपमा रहेको प्रदेश अस्पताल र मेडिकल कलेज कालागाउँमै भएको कर्णाली प्रदेश अस्पताललाई नै स्तरोन्नति गर्ने हो ।’ सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै राज्यमन्त्री रावतले भने, ‘हाम्रा केही नेताहरूले प्रदेश अस्पताल र मेडिकल कलेजलाई आफ्नो पहुँच भएका नयाँ ठाउँमा लिन खोजेका थिए तर अब म त्यो हुन दिन्न ।’ भौतिक पूर्वाधार र जनशक्तिका हिसाबले पनि तत्कालिन क्षेत्रीय अस्पतालका रुपमा रहेको अहिलेको प्रदेश अस्पताल निकै उत्तम भएको उल्लेख गरेका रावतले त्यसको संकेतका रुपमा आफूले राज्यमन्त्रीको पदभार ग्रहण गरेकै दिनथप २ जना विशेषज्ञ चिकित्सक उपलब्ध गराउने निर्णयबाट गरिसकेको बताए । आवत जावत र बाक्लो वस्तीका कारण पनि मेडिकल कलेजका लागि जुम्लामा भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपयुक्त नभएकोे उनको भनाई थियो । संरचना, विगतको लामो अनुभव, भौगोलिक दृष्टिकोण र बिरामीको चापले पनि प्रदेश अस्पताललाई नै मेडिकल कलेजका रुपमा बनाउन उचित हुने तर्क उनले गरे ।

सरकारले निःशुल्क औषधी उपचार गर्ने निर्णय गरे पनि दुर्गममा बस्ने कर्णालीका नागरिकले अहिले सिटामोल समेत नपाएको वास्तविकतालाई स्वीकार गरेका राज्यमन्त्री रावतले सरकारी निर्णय कार्यान्वयनको अवस्थाका बारेमा स्थानीय तह, प्रदेश सरकार, राजनीतिक दल र सञ्चारकर्मीलाई अनुगमन गर्न आग्रह गरे । ‘सरकारका नीति तथा कार्यक्रम कार्यान्वनको महत्वपूर्ण पक्ष कर्मचारीको व्यवस्थापन हो । तर देश नयाँ संरचनामा गएपछि कर्मचारीको व्यवस्थापन चाहे अनुसार हुन नसकेकाले स्थानीयस्तरका स्वास्थ्य संस्थामा ठूलो संख्यामा स्वास्थ्यकर्मीको अभाव रहेछ ।’ उनले थपे, ‘स्वास्थ्यकर्मी नहुने समस्यालाई समाधान गर्न म लाग्ने छु ।’

आफू राज्यमन्त्रीको कुर्चीमा रहुञ्जेलसम्म पहिलो प्राथमिकता कर्णाली प्रदेश रहने दोहो¥याएका राज्यमन्त्री रावतले जोखिममा रहेका सुत्केरीहरूको हवाई लिफ्टिङलाई समेत व्यवस्थित गर्न आवश्यक रहेको बताए । अर्को एक प्रसंङ्गमा राज्यमन्त्री रावतले भेरी डाइभर्सन योजनाले पानी प्रदेश ५ मा जाने, विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने तर कर्णाली प्रदेशको खेतीयोग्य जमिन सुख्खा रहने समस्यालाई समाधान गर्न कर्णाली प्रदेश सरकारले केन्द्रसँग संस्थागत पहल गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लामा जटिल शल्यक्रिया शुरु

८ मंसिर २०७६, आईतवार १०:०४
कर्णालीपत्र , जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा हाडजोर्नीको जटिल शल्यक्रिया शुरु भएको छ । अस्पतालको हाडजोर्नी विभागको सक्रियतामा अमेरिकन डाक्टर माइकल डेभिड भ्यान एन्ड्रोयडले जटिल शल्यक्रियाको काम शुरु गरेका हुन् । हाडजोर्नी विभाग प्रमुख डाक्टर मंगल रावलका अनुसार घुँडा, हात, मेरुदण्डमा नसा च्यापिएको, कुम फुस्किएकोलगायत जटिल […]