जोगवीर रोकायाको जीवन, व्यवहार र विचार

कर्णालीपत्र संवाददाता ७ मंसिर २०७६, शनिबार २१:२३
डा. दीपेन्द्र रोकाया
डा. दीपेन्द्र रोकाया

हाम्रो एउटा तीर्थ थियो । त्यो तीर्थको नाम जोगवीर रोकाया थियो । उहा“को जन्म वि.सं. २००८ कात्तिक ७ गते हुम्ला जिल्लाको रादेउ गाउ“मा भएको थियो । उहा“ले हामीहरुलाई वि.सं. २०७६ कात्तिक २९ गते शुक्रबार दिउ“सो २ः३० बजे सुर्खेत एअरपोर्टमा छोडेर जानुभयो । उहा“ बा“चेको जम्मा ६८ वर्ष २२ दिन अर्थात् २४ हजार ८ सय ४२ दिनको जीवनले हामीलाई स“धै सम्झिरहने बनाएको छ । जैसिड्याका नाती, देउमल्या र जौमताका छोरा जोगवीर रोकायाका चार दिदीबहिनी र दुई जना दाजुभाई हुनुहुन्थ्यो । उहा“को जीवन संगिनी काल्ची ऐडी हुनुहुन्छ । उहा“हरुको दुई छोरा र पा“च छोरीहरु छन् । उनीहरु क्रमसः रेशम, जानकी, शारदा, कल्पना, सपना, सिर्जना र खेमराज हुन् । जेठा छोरा रेशम र बुहारी लक्ष्मी बुढाबाट जेनिसा, सिरिस र डेजी जन्मेका छन् । यस्तै छोरी जानकीबाट ३ जना र शारदाबाट १ जना नाती नातिनी जन्मेका छन् ।

जोगवीर काकाले मलाई कक्षा ६ र ७ मा विज्ञान विषय पढाउनु भएको हो । त्यस समयमा उहा“ कोट निम्न माध्यमिक विद्यालय रोडिकोटको प्रधानाध्यापक हुनुहुन्थ्यो । मैले उहा“लाई चिनेका दिनदेखि सर भनी सम्बोधन गर्ने गर्दथ्यो । साइनोले काका पर्नुहुन्थ्यो । हाम्रो वंशावलीअनुसार हामी छुटिएको उहा“ चौथो र म पा“चौ पुस्तामा पर्दछु । हाम्रो बाज्या तुल्याको लागि उहा“को बाज्या मुन्याले पाल्सबाट केटी ल्याएर घर गरेको कुराले एकातिर हामीहरुसम्म आइ पुग्न पाएका छौ । अर्कातिर हुम्लाको त्यो अग्लो लेकले मुन्याको लेक भनेर कहलिन पाएको छ । तुल्या र मुन्या दाजुभाई हुन् ।

जोगवीर काकालाई सम्झदा धेरै कुरा चलचित्र बनेर आ“खा अगाडि आउने गर्दछ । म कुन कुराबाट शुरु गरूँ ? आफै दुविधामा पर्ने गर्दछु । तर केही प्रतिनिधिमूलक घटना उल्लेख गर्न चाहन्छु । वि.सं. २०५५ माघ २२ गते नेपालगञ्जबाट शाही नेपाली वायु सेवाको जहाजबाट कोल्टी अवतरण गर्दा तत्कालीन नेपाल प्रहरीको अपहरणमा परेपछि कसैले बल्ल प¥यो निरमाया माकुरी जालैमा भनी गीत गाए, मार्तडीको यातनालयमा यमदूतहरुले मलाई बा“च्छु भन्ने एक इञ्च पनि विश्वास नरहने गरी चरम यातना दिने बेला उहा“ पनि मस“गै हुनुहुन्थ्यो । अहिलेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बर्दियाका तिलक शर्मा ‘हिमाल’लाई लेखेको पत्रको खाममा मेरो नाम उल्लेख भएकाले म अपहरणमा पर्नुपरेको थियो । जीवनमा यस्तो सोच्दै नसोचेको पनि हुने रहेछ ।

मार्तडीको यातनालयमा मेरो इहलिला समाप्त पार्न खोज्दा मैले आफ्नो अन्तिम इच्छा स्वरुप काकालाई भेट्न खोजेको थिए“ । कुनै पनि हालतमा भेट्न नदिएपछि भएको संघर्षमा मैले मध्यरातमा ९ पेज लामो आफ्नो इच्छापत्र लेखेर आफ्नो जीवनको राजीनामा आफ्नै हातले लेखेको थिए“ । त्यसको भोलिपल्ट बिहान एकछिन काका र मेरो भान्साको आ“गनमा भेट गराइएको थियो । काकाले मलाई देख्ने बित्तिकै आ“खाभरी आ“सु ल्याउनु भएको थियो । मैले वर्गबैरीका अगाडि आ“सु झार्नुहुन्न भनेपछि निस्कन लागेको आ“सु आ“खाभित्रै लुकाउन बाध्य हुनुभयो । म यातनाका कारण घायल भएको थिए“, उहा“ मानसिक रुपमा घायल हुनुभएको थियो ।

त्यस समय यता मैले उहा“लाई सर भन्नुभन्दा पनि अभिभावक ठानेकाले काका भन्दै आएको थिए“ । काकाले त्यसअघि नै मलाई काठमाडौंमा भाइ रेशमलाई जिम्मा लगाउ“दै भन्नुभएको थियो, ‘लाटा, सानैछन् तेरा भाई बहिनी के गर्नुपर्दछ, विचार गर्नु ।’ पछिल्ला दिनहरु निकै पींडादायी बन्यो । काकालाई राजनैतिक कारणले विद्यालयबाटै अपहरण गरियो । मैले त्यो खबर काठमाडौमै पाए“ । राष्ट्रिय पत्रपत्रिकामा हुम्लामा माओवादी पक्राउ भनी समाचार प्रकाशित भएका थिए । काकालाई ३६ दिन हिरासतमा राखी चरम यातना दिनुका साथै जेल पठाए । माननीय छक्कबहादुर लामाको पहलमा धरौटीमा रिहा हुनुभयो । त्यसै यातनाका कारण थला पर्नुभएका काकाले आफ्नो जीवनलाई चलायमान र सार्थक बनाउन निगरानीकै बीचमा शिक्षा शाखा, हिमालय निम्न माध्यमिक विद्यालय मेल्छाम र अंशुवर्मा प्राथमिक विद्यालय रादेउको प्रधानाध्यापक भई काम गर्नुभयो । यसो त राजनैतिक कारण वि.सं. २०४८ मा उहा“लाई मुन्या लेक कटाएर सल्लाघारी निम्न माध्यमिक विद्यालय बारीगाउँमा सरुवा गरिएको थियो ।

यो सबै राजनैतिक आस्थाका कारण भएको थियो । उहा“को जीवन हिलोमा फुलेको कमलकै फूलजस्तै थियो । हुम्ला जिल्लाभरीबाट एसएलसी उत्तीर्ण गर्ने उहा“ तेस्रो ब्याजको विद्यार्थी हो । उहा“का दौतरीहरु याङ्चुका धनध्वज शाही, पिउसका चन्द्रबहादुर शाही, स्या“डाका गोरबहादुर बुढा हुन् । उहा“भन्दा पहिले हुम्लाबाट एसएलसी गर्नेहरु गोठीका चक्रबहादुर शाही र बराईका मकवीर ऐडी हुन् । हुम्लाको पहिलो माध्यमिक विद्यालय हिमज्योति मावि सर्केगाड हो भन्ने कुरा धेरैलाई थाहा भए पनि त्यसको पहिलो प्रध्यानाध्यापक जोगवीर रोकाया हो भन्ने कुरा कमैलाई थाहा भएजस्तो लाग्दछ । उहा“ प्रअ भएपछि हिमचक्रलाई हिमज्योति नामाकरण भएको थियो ।

काकाले आफू १७ वर्ष हु“दासम्म आफ्नो समय भेडीगोठमा बिताउनुभयो । गाउ“ समाजमा कोही घोक्दैछन् भन्ने थाहा पाएर काठको पाटी बनाएर पढ्न गएको एकै वर्षमा ७ कक्षा पास गरेको, त्यसपछिका चार वर्षमा एसएलसी पास गरेपछि शिक्षक हुनुभयो । जन्मथलोमा ऊनको बोखु जंगिला (दौरा सुरुवाल) लगाउने, गाउ“ कटेपछि त्यो कपडा खोलेर सुतीका कपडा लगाएर जानु पर्दथ्यो । त्यसो नगरे मान्छेले मात्र होइन, कुकुरले पनि लखेट्ने गर्दथ्यो रे † त्यो बेला आफ्नो थपाल्या व्यासी समुदायलाई ठकुरीहरुले छोइछिटो हाल्ने, घरभित्र छिर्न दिदैनथे तर उहा“लाई त्यसो गर्दैनथे । यो सबै शिक्षाका कारण भएको थियो ।

शिक्षक सेवाबाट अवकास लिएपछि काका प्रायः सुर्खेतमै बस्नुभयो । जीवनभरको कमाईले एक घर बनाएर उपचार गर्दै यतै बस्नुभयो । यसबीचमा हाम्रो यदाकदा भेट हुने, फोनमा गफ हुने गर्दथ्यो । हामीहरुको बसाईमा गम्भीर सवालहरु पनि उठ्थें । कयौ पटक रोएका थियौ, विगतको समीक्षा गरेर । कयौ अन्तरविरोधका पीडालाई सहज पार्न कोशिस गर्दा उहा“को मुहारमा देखिने मुस्कान म भुल्न सक्दैन“ । समाजको हितका लागि संघर्षका एजेण्डा तय गरेको क्षणहरु पनि सम्झिरहेको छु । हाम्रो साझा पीडालाई नाफाको जिन्दगी मार्फत् सार्वजनिक गर्ने कार्यक्रममा बोलाएको थिए“ । उहा“ काठमाडौं आउन सक्नुभएन ।

‘मेरो बा पछिको बा तपाई मात्र हुनुहन्छ, तपाई नै आउन नसकेपछि म जहिले पनि अभिभावक बिहिन हुन परिरहेको छ’ भन्दा ‘लाटा, त्यसो नभन । मलाई तैंले अभिभावक ठाने पनि त“ धेरैको अभिभावक बनेको छस् । कुरा बुझी दे । मेरो स्वास्थ्यले साथ दिएन आउनलाई…’ भन्दै काकाले भनेको कुरा मेरो कानमा गुन्जिरहेको छ । म पश्चिम नेपाल आउ“दा सकभर सुर्खेत आउने र एकैछिन भए पनि भेटेर जाने गर्दथे । विगत १ वर्षदेखि मेरो कार्यक्षेत्र सुर्खेतमै भएकाले भेटघाट बरोबर भइरहन्थ्यो । दुःख, सुखका कुरा भइरहेका थिए । जहिले जा“दा पनि उहा“को ह“सिलो मुहार देखिन्थ्यो । ‘के छ लाटा ?’ भनी सोध्नुहुन्थ्यो ।

यसै वर्षको कुरा हो, काकाले प्रदेश अस्पतालबाट फोन गरेर भन्नुभयो, ‘लाटा, मलाई गाह्रो भयो…।’ म आत्तिदै प्रदेश अस्पताल कालागाउ“ पुगेको थिए“ । भेटघाट भयो । अस्पतालबाट घर आएपछि म काठमाडौतिर लागेको थिए“ । एक सा“झ अबेर काकाको मोबाइलबाट फोन आयो । हेलो भन्न नपाउ“दै, ‘मामा कहा“ हुनुहुन्छ, मामा तपाईको नाम लिएर रुनुहुन्छ…’ भनेको सुने“ । फोनमा लक्ष्मी भान्जी बोलिरहेकी थिइन् । काठमाडौबाट फर्केर भेटें । केही समयपछि त्यस्तै फोन देउती अस्पतालबाट काका आफैले फोन गर्नुभयो । त्यहा“ पुग्दा काकाले भन्नुभयो, ‘मैले केही केरकार गरी शारदालाई दिएको छु, त्यसलाई का“टछा“ट गरी किताब बन्थ्यो कि भनी त“लाई दुःख दिन खोजको छु । मेरो जीवनको चिनो त्यही बनाएर छाड्ने इच्छा थियो । के गरु ?’

डा“डामाथिको जुनजस्तो काकाले अन्तिम इच्छापत्र जस्तो गरी भनेका शब्दका अघि म कसरी ब्यस्त छु, वा समय नाई, भ्याउ“दिन भन्न सक्थे र ? मैले उहा“को सार बुझे“ । ‘हुन्छ म गरुला’ भनेर उहा“लाई घर पु¥याएर दशैंमा काठमाडौतिर लागेको थिए“ । उहा“लाई साह्रो भएछ । दशैं लगत्तै भेट्न जा“दा भन्नुभयो, ‘लाटा, मलाई यो करेली (नाकमा जोडिएको अक्सिजन पाइप) फाल्न मन लागि सक्यो, किताब कहिले छापिएला ? त“ काठमाडौतिर लागेपछि म झनै आत्तिए“…।’

यो पटक म आफै घायल बने“ । किताब बनाएर प्रकाशन गर्ने सन्दर्भहरुमा निकै धेरै विषय खोज्नपर्ने र सम्पादन गर्नपर्ने थियो । मलाई झट्ट याद आयो, एक पटक जताततै खोज भनेर लेख्ने भीमबहादुर थापाले मलाई भेटेर १७ वटा प्रश्न दिएको एक हप्तापछि मेरो पुस्तक कहिले छापिन्छ भनेजस्तै अर्को प्रश्न आएको अनुभव भयो । उहा“स“ग समग्र जीवनको घटनाक्रमबारे जानकारी लिए“ । त्यसपछि उहा“को इच्छापत्र प्रकाशनका लागि घरपरिवार जुटेका थियौं । प्रकाशनको काम अधुरै थियो, तर हामी पूरा गर्दैछौ भनिरहेका थियौ । यसै विषयमा मंसिर २८ गते दिउ“सो काका र कल्पनाबीच कुरा भएछ । प्रकाशनको प्रगति सुनेर काका मुस्कुराउनु भयो रे †

शुक्रबार सा“झ भेट्न जाने सोचमा थिए“ । २ः३३ बजे कल्पनाको फोन आयो । ‘दाई, बाबुले हामीलाई छोडेर बाइग्या’ फोन उठाउने बित्तिकै रूदै बोलेको आवाजले फोन उठाउन उभिएको मान्छे थचक्क बसे“ । केही पनि देखिन“ । तुरुन्तै हिड्न लाग्दा भाई रेशमको फोन आयो । ऊ सिमकोटमा थियो । घर गएर सबैस“गको सल्लाहले शनिबार दाहसंस्कार गर्ने निधो भयो । रेशम भाई पनि आइ पुग्यो ।

उहा“ नेकपा (माओवादी) को हुम्ला जिल्लाको पहिलो जिल्ला सेक्रेटरी हुनुहुन्थ्यो । पार्टी एकता नहु“दासम्म नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार हुनुहन्थ्यो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुभचिन्तक हुनुहुन्थ्यो । साधा जीवनमा जीउने र उच्च विचार राख्ने गर्नु हुन्थ्यो । उहा“लाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कम्युनिष्ट पार्टीको झण्डा ओढाउनुभयो । सबैको उपस्थितिमा भेरी पुल मुनी काकाको अन्तिम संस्कार सम्मानपूर्वक सम्पन्न भयो ।

काका अन्धविश्वासको पक्षमा कहिल्यै हुनुहुन्नथ्यो । त्यसैले गाउ“घरमा छोरीचेली मलामी जान हुदैन भन्थे, उहा“कै अर्तिअनुसार घाटसम्म पुगे सबै बहिनीहरु । देह त्याग गरेको नवौं दिनमा श्रद्धाञ्जली सभा गरी चोखिने र थपाल्या ब्यासी समुदायको नया“ वर्षको रुपमा मनाइने भूवो तिहारमा वर्षभरीकै जुठो पखाली गाउ“मै हार मिस्ने घर सल्लाह भएको छ । काका, तपाईको जीवनको सफलता र असफलताबारे लोकले जान्दछ । आफ्नो समयको हिरो हुनुहुन्थ्यो । जिल्लामा आफ्नै प्रकारको परिचय बन्नुका साथै गहिरो सकारात्मक छाप पार्नुभएको थियो । तपाईका अनुभव विशिष्ठ खालका थिए । यो कुरो अहिलेको चाउचाउ पुस्ताले बुझ्न सम्भव छैन । यसको महत्व भारी छ । तपाईको अन्तिम इच्छापत्र र अरुको स्मरणसहितको पुस्तक प्रकाशन गर्ने पक्षमा छौं । तपाईले चाहेको बहुजन हित हुने समाज निर्माणका लागि हामी संघर्षरत रहने वाचा गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौ । शोक सन्तप्त परिवारजनलाई हार्दिक समवेदना प्रकट गर्ने सबैप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुर्गमको शिक्षाः पढाई नसक्दै परीक्षा

७ मंसिर २०७६, शनिबार २१:२३
जिल्लाबाट तयार पारिएका प्रश्नपत्रले त कक्षा १० को परीक्षा पार लगाइएला तर देशभरबाट प्रतिष्पर्धा हुने एसइइको परीक्षामा नपढेका कोर्षबाट आउने प्रश्नको हल कसरी गर्ने भन्नेमा अधिकांश विद्यार्थीलाई धेरै चिन्तित बनाएको छ । कनका सुन्दरी विद्यालयमा अध्ययनरत ५ सय ७० जना विद्यार्थी नै आफ्नो कोर्षको पढाई पूरा नभएरै वार्षिक परीक्षा दिइरहेका छन् ।

सम्बन्धित शीर्षक