ओली पाँच वर्ष प्रधानमन्त्री, प्रचण्ड अब कार्यकारी अध्यक्ष

कर्णालीपत्र संवाददाता ४ मंसिर २०७६, बुधबार १५:५८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको बैठकले पाँचवर्षे कार्यकालसम्म प्रधानमन्त्री रुपमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै बनाउने निर्णय गरेको छ। बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको कार्यकारी अधिकार दिने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णय भएको जानकारी दिए । नयाँ कार्यविभाजन अनुसार अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको नेतृत्व गर्ने सहमति भएको हो ।

यसअघि साउन अन्तिम साता दुई अध्यक्षबीच कार्यविभाजन गर्ने र त्यसमा एकले सरकारको नेतृत्व र अर्काले पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो ।

तर, पछिल्लो समय केपी ओलीले पार्टी र सरकार दुवैको अधिकार लिँदा सहमति उल्लंघन भएको भन्दै अर्का अध्यक्ष प्रचण्ड असन्तुष्ट बन्दै आएका थिए ।

नयाँ कार्यविभाजन अनुसार वरियता भने दुई अध्यक्षको वरियता समान हुनेछ । त्यस्तै, आपसी समझदारीका आधारमा निर्णय लिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् नयाँ मन्त्री (सूचीसहित)

४ मंसिर २०७६, बुधबार १५:५८
नयाँ मन्त्रीहरूलाई भोलि राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनियताको शपथ गराउनेछन्। आज अबेर मन्त्री नियुक्त गरिएकाले शपथको समय भने तय भएको छैन।