मन्त्रीपरिषद पुनर्गठन हुदै

कर्णालीपत्र संवाददाता २ मंसिर २०७६, सोमबार ०८:४७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन । सम्भवत आज सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो । तर कुनकुन मन्त्रीलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने कुनै छलफल भएन । सचिवालयका एक सदस्य भन्छन, ‘नामहरु टुंगो लागेको छैन । भोलि विहानसम्म तय होला ।’

लामो समयदेखी मन्त्रीपरिषद पुनर्गठनको चर्चा चलेपनि आइतवार बसेको सचिवालयको बैठकले प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पुनर्गठनको अधिकार दिएको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रीपरिषद हेरफेरको कुरा नउठेको बताएपनि सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन र मन्त्रीको हेरफेर गर्ने अधिकार दिएको हो ।

लामो समयदेखि मन्त्री हेरफेरको तयारी गरिरहेका प्रधानमन्त्रीले यो अनुमतिसँगै सोमबार वा मगलबार नै फेरबदलको टुंगो लगाउने बताइएको छ । श्रोतका अनुसार प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई राजीनामा गराएर केहीलाई पुर्ननियुक्ति गर्ने र बाँकी नयाँ मन्त्री बनाउने तयारीमा छन । बहालवाला मन्त्रीहरु इश्वर पोखरेल, रामबहादुर थापा, योगेश भटटराई, भानुभक्त ढकाल लगायत दोहोरिने संभावना रहेको छ ।

यसैबीच बैठकले नेकपा प्रवास समन्वय कमिटीको इन्चार्जमा विन्दा पाण्डेलाई चयन गरेको छ । कमिटीको अध्यक्षमा युवराज चौलागाईं र सचिवमा श्रीप्रसाद साह चयन भएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अनुदानको विकृति रोक्न सहुलियत नै उपयुक्त !

२ मंसिर २०७६, सोमबार ०८:४७
विकास सूचकांकमा अन्य प्रदेशलाई उछिनेको कर्णालीले विगतका आर्थिक वर्षमा कार्यान्वयन गरेको वितरणमूखि बजेटले परिणामभन्दा अनियमितताको परिणामका फेयरिस्त धेरै थपेको छ । विभिन्न व्यक्ति, समूह, सहकारी, संस्था, कम्पनीलगायतका माध्यमबाट विभिन्न शीर्षकमा अनुदान दिएर विकासकोे विद्यमान तत्थ्यमा सुधार गर्ने ध्येयले कर्णाली प्रदेश सरकारले कार्यान्वयन गरेको बजेट प्रभावकारी नभएको विषयले प्रदेशका सडक र […]