कर्णाली पहिलो सहयोगापेक्षी सडक मानवरहित प्रदेश बन्दै

कर्णालीपत्र संवाददाता १ मंसिर २०७६, आईतवार ०५:५३

सुर्खेत । कर्णालीलाई सहयोगापेक्षी (मगन्ते)रहित प्रदेश बनाउने अभियान शुरु गरिने भएको छ । प्रदेश भित्र जो कोहीले पनि मागेर खानुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले सहयोगापेक्षी (मगन्ते) रहित बनाउने अभियान शुरु गरेको हो ।

अभियान शुरु गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले सम्बन्धित स्थानीय तह, विभिन्न संघ/संस्थाहरुस“ंगको सहकार्यलाई अघि बढाएको छ । मन्त्रालयका सचिव डा. मानबहादुर बिकले कार्यक्रमको मोडेलबारे अन्तिम तयारी भइसकेको र बजेटको अख्तियारी आउना साथ अभियान शुरु गरिने बताए । उनले भने, ‘अभियानको तयारीको क्रममा छौँ । बजेटका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजादै छौँ ।’ सचिव बिकले अभियानअन्तर्गत सरोकार सम्मिलि तएउटा समिति गठन गर्ने र सोही समितिमार्फत् सहयोगापेक्षीहरुको व्यवस्थापन गर्ने मोडेल तयारी भएको छ । प्रारम्भिक सर्वेक्षणअनुसार कर्णालीका दश जिल्लामा करिब एक सय सहयोगापेक्षी छन् । अभियानअन्र्तगत, चेतनामूलक कार्यक्रम गर्ने सडकमा माग्दै हिंडिरहेका व्यक्तिहरुलाई निश्चित ठाउँमा आश्रय दिने, आफन्त भए उनीहरुसँग सम्पर्क गराउने र आफै काम गर्नसक्ने वातावरणको सिर्जनालगायतका कामहरु गरिने भएको छ ।

यसै बीच मानव सेवा सम्बन्धी परोपकारी काम गरिरहेको आश्रम सुर्खेत शाखाले अभियानस्वरुप वीरेन्द्रनगरका विभिन्न क्षेत्रहरुमा जनचेतनामूलक सडक नाटक प्रदर्शन शुरु गरेको छ । सडकमा नव व्यस्थापन तथा मानवता प्रवद्र्धन महाअभियानअन्तर्गत ‘लौरो’ नामक नाटकको माध्यमबाट असहाय मानवका लागि सहयोगी भावना प्रेरित गर्नु मुख्य उदेश्य रहेको आश्रम कर्णाली प्रदेश शाखा संयोजक सिर्जना ओलीले जानकारी दिइन् । ओलीकाअनुसार पहिलो चरणअन्र्तगत सुर्खेतमा जनचेतना कार्यक्रम शुरु गरिएको र त्यसलाई अन्य जिल्लाहरुमा पनि विस्तार गरिने भएको छ । हेटौडामा मुख्य कार्यालय रहेको आश्रमले सुर्खेतलाई कार्यक्षेत्र बनाएर २०७५ माघदेखि मानव सेवाका कामहरु गरिरहेको छ । मानव सेवाअन्र्तगत आश्रमले हालसम्म जनाको सडकबाट उद्धार गरेको छ भने हाल ४७जना आश्रममा रहेकाछन ।

अन्य प्रदेशभन्दा कर्णाली सजिलो

सहयोगापेक्षी सडक मानवरहित कर्णाली प्रदेश बनाउन अन्य प्रदेशभन्दा सजिलो हुने देखिएको छ । कर्णाली प्रदेशमा अन्य प्रदेशको तुलनामा सडक तथा शहरीकरण कम भएकाले कर्णालीलाई सडकमा नवमुक्त बनाउन सहज हुने संयोजक ओलीले बताइन् । सडकमा नवमुक्त कर्णाली प्रदेश बनाउन अन्य क्षेत्रभन्दा सजिलो भएको संयोजक ओलीले भनाइ थियो । सडक र शहरीकरण कम भएको कारणले पनि कर्णालीमा सडकमा बस्ने मानिसहरु न्यून रहेकाले अभियान शुरु भए सजिलै सफल हुने उनको दाबी छ ।

हाल कर्णालीमा ६० देखि १ सयसम्म सहयोगापेक्षी मानिस हुनसक्ने अनुमान रहेको र सबैको सहयोग र सहकार्यमा छिट्टै पहिलो सहयोगापेक्षी प्रदेश बन्ने उनको विश्वास छ ।

२०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडक मानवरहित नेपाल घोषणा गर्ने लक्ष्यअनुसार मानव सेवा आश्रमले हाल नेपालका १३ वटा जिल्लाहरुमा कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२०७६-०८-०१

१ मंसिर २०७६, आईतवार ०५:५३