कर्णालीपत्र प्रभाव; विमानस्थलमा बढ्यो सक्रियता

कर्णालीपत्र संवाददाता २६ कार्तिक २०७६, मंगलवार ११:४८

पुनम बिसी
२५ कात्तिक, सुर्खेत।
सुर्खेत विमानस्थल परिसरको सुरक्षा व्यवस्थामा कडाई गर्न थालिएको छ । विमानस्थल सुरक्षा, भिआइपी कक्षको प्रयोगमा अव्यवस्थित, अनाधिकृत नागरिकहरू बिना अनुमती धावनमार्गसम्म जाने विषयको समाचार कर्णालीपत्रले प्रकाशित गरेपछि विमानस्थल व्यवस्थापन पक्ष र सुरक्षा निकायले सक्रियता देखाएका हुन् ।

विशिष्ट व्यक्तिहरूको स्वागत र विदाइका नाममा सुर्खेत विमानस्थलको भिआइपी कक्ष, विमानस्थलको धावनमार्गजस्ता संवेदनसील क्षेत्रमा अनावश्य रुपमा हुने भिंडभाडले विमानस्थलको सुरक्षा व्यवस्थामा चुनौती थपिएको विषय समेटेर गत आइतबार ‘धावन मार्गमै अनाधिकृत व्यक्तिको पहुँच’ शीर्षकमा कर्णालीपत्रले समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएको २४ घण्टामै विमानस्थल प्रशासन र सुरक्षा निकायले यसमा कडाई गरेको हो ।

‘विमानस्थलको भिआइपी कक्षमा आजैदेखि (सोमबार) सर्वसाधारणको सहज पहुँचलाई रोक लगाइएको छ ।’ सुर्खेत विमानस्थलका प्रमुख उमेशकुमार पन्थीले भने, ‘विमानस्थलमा खटिएका सुरक्षाकर्मीका गतिविधिलाई समेत हामी निगरानी गर्ने र विमानस्थलमा आउने हरेक व्यक्तिका गतिविधि माथि सुरक्षा निगरानी बढाउने काम शुरु गरेका छौं ।’ शुरुमा विमानस्थलको सुरक्षा संवेदनसीलतालाई ध्यानमा राखेर हरेक पटक विमानस्थल प्रशासन र सुरक्षाबाट अनेक तवरले सम्झाउँदा समेत विशिष्ट व्यक्तिको नाममा अटेर गरेको बताएको सुर्खेत विमानस्थल प्रशासनले आइतबार प्रकाशित समाचारले विमानस्थल सुरक्षाको व्यवस्थापन गर्न निकै सहज भएको प्रतिक्रिया दिएको छ ।

विमानस्थल र हवाई सुरक्षाको संवेदनसीलतालाई ध्यानमा राखेर आफूले सुर्खेत जिल्ला प्रहरीलाई समेत ध्यान दिन निर्देशन दिएको बताएका नेपाल प्रहरी कर्णाली प्रदेश कार्यालयका प्रहरी नायव उपरीक्षक लोकनाथ तिमिल्सेनाले आवश्यक परे सुर्खेत विमानस्थल प्रशासनसँगको समन्वयमा थप सुरक्षाकर्मी परिचालन समेत गर्न सकिने जानकारी दिए । ‘थप सुरक्षा बलका लागि जिल्ला प्रहरीलाई हामीले खबर गरेका छौ ।’ उनले भने, ‘जिल्ला प्रहरीको मातहतमा विमानस्थलमा रहेको प्रहरी युनिटले सुरक्षा संवेदनसीलताको ख्याल गरेर थप सक्रियता बढाएको छ ।’

विमानस्थलमा अहिलेसम्म एक्सरे मेसिन नहुँदा यात्रुका सामान र व्यक्तिगत सुरक्षा जाँचमा ढिलाई भएको स्वीकारेका विमानस्थल प्रमुख पन्थीले यात्रुको ब्यागेज÷लगेजको जाँच गर्ने एक्सरे उपकरण ल्याउन आफूले पहल गरिरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुख्यमन्त्री शाहीले भने, ‘आलोचना होइन सुझाव दिनुहोस्’

२६ कार्तिक २०७६, मंगलवार ११:४८
भएका कमजोरीलाई सच्याऊ भनेर सुझाव दिन आग्रह गरेका मुख्यमन्त्री शाहीले भने, ‘प्रदेश सरकारलाई रचनात्मक सुझाव दिन्होस् । अँझ म भन्छु, कणालीलाई सुन्दर बनाउन अहिले अरु केही होइन ठूलाठूला सपना देख्नुहोस् र देखेका सपना मात्रै हामीलाई सुनाउनुहोस् । अनिमात्र कर्णालीको नयाँ विकास गर्न सकिन्छ । आवश्यक नीति तथा कार्यक्रम तय गर्न सकिन्छ ।’