कर्णालीमा पर्यटन प्रवद्र्धनका लागि अन्तरक्रिया

कर्णालीपत्र संवाददाता २६ कार्तिक २०७६, मंगलवार ११:४१

सुर्खेत । कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन र विकासका लागि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नेपाल पर्यटन बोर्डले अन्तक्र्रिया गरेको छ ।

नेपाल पर्यटन बोर्ड र सुर्खेतका पर्यटन व्यवसायी बीच सोमबार सुर्खेतमा भएको भारतका सीमावर्ती शहरहरु लक्षित आसन्न गन्तव्य र कर्णाली प्रदेशको पर्यटन व्यवसाय प्रवद्र्धन गर्न छलफल भएको हो ।

नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसायलाई दिगो बनाउन भारतीय शहरहरुमा बिटुबी कार्यक्रम गर्न सहयोग गर्ने जनाएको छ । यसका लागि बोर्ड र व्यवसायीले योजनाबद्ध रुपमा काम गर्न सके कर्णाली प्रदेशको पर्यटनमा फाईदा पुग्ने व्यवसायिले बताए । अन्तत्र्रिmया कार्यक्रममा नेपाल पर्यटन बोर्डका पर्यटन बजार व्यवस्थापन तथा प्रर्वद्धन महाशाखाका वरिष्ठ प्रवद्र्धक दिवाकर विक्रम राणाले नेपालमा आउने धेरैजसो पर्यटकहरु भातीय भएकाले ती पर्यटकलाई सुर्खेतसम्म ल्याउनको लागि सीमावर्ती भारतीय क्षेत्रका व्यवसायी बीच बिटुबी कार्यक्रम गर्नुपर्नेमा जोड दिए । सीमा जोडिएका जिल्लाका पर्यटकीय स्थलहरुको प्रोमोसनमा नेपाल पर्यटन बोर्ड लागेको भन्दै व्यवसायीहरुले आफ्नो व्यवसाय तथा पर्यटकीय स्थलको प्रचार मार्फत पर्यटक भित्र्याउन चाहेमा बोर्डले सहयोग गर्ने राणाले बताए । कर्णाली प्रदेशका जिल्लामा रहेका पर्यटकीय स्थलहरुलाई चिनाउनका लािग टेवा समेत पुग्ने उनले बताए ।

नेपाल पर्यटन बोर्ड साउथ एसिया डेक्सका अधिकृत रोविन रेग्मीले नेपालमा विगतदेखि अहिलेसम्म हेर्दा भारतीय पर्यटकले नेपालमा गर्ने खर्च वृद्धि भएकाले सुर्खेतमा बढी भारतीय पर्यटक भित्र्याउँदा फाइदा पुग्ने बताए । उनले भने, ‘सुर्खेतमा मौसम अनुकुल छ, भारतीय पर्यटकहरुको मुख्य रोजाई बन्न सक्छ ।’ उनले व्यवसायी र भारतका व्यवसायी बीच हुने बिटुबी कार्यक्रमले व्यवसायी बीच सम्बन्ध जोड्ने बताए । पर्यटन बोर्डले सुर्खेतका पर्यटन व्यवसायीलाई एक अवसर दिएकाले त्यसको सदुपयोग गर्दै व्यवसायिक योजना बनाउनेसमेत सुझाव दिए । कार्यक्रममा सुर्खेत होटल व्यवसायी संघका महासचिव जनकसिंह ठकुरीले होमस्टे व्यवस्थापन, तालिमको आवश्यकता, र राराको पर्यटन व्यवस्थापनमा ध्यान दिनसके अझ बढी पर्यटकहरु सुर्खेत आउनसक्ने बताए । त्यस्तै युवा पर्यटन व्यवसायी ज्ञानेन्द्र गौतमले अहिलेसम्म कसैले पनि सहयोग नगरेको र आफु निरन्तर सो क्षेत्रमा लागिरहेको बताए । कार्यक्रममा पर्यटन बोर्डले अहिलेसम्म कुनै पनि कार्यक्रममा कर्णालीलाई समावेश नगरेको र आगामी दिनहरुमा समावेश गरिनुपर्नेमा सहभागीले जोड दिए । युरोप तथा यसियाका देशहरुमा हुने कार्यक्रममा पर्यटन बोर्डले कर्णालीबाट प्रतिनिधत्व गराईनुपर्ने पर्यटन वर्ष २०२० का अन्तर्राष्ट्रिय सम्बन्ध तथा प्रचार प्रसार विभागका प्रमुख देवराज जैसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीपत्र प्रभाव; विमानस्थलमा बढ्यो सक्रियता

२६ कार्तिक २०७६, मंगलवार ११:४१
विशिष्ट व्यक्तिहरूको स्वागत र विदाइका नाममा सुर्खेत विमानस्थलको भिआइपी कक्ष, विमानस्थलको धावनमार्गजस्ता संवेदनसील क्षेत्रमा अनावश्य रुपमा हुने भिंडभाडले विमानस्थलको सुरक्षा व्यवस्थामा चुनौती थपिएको विषय समेटेर गत आइतबार ‘धावन मार्गमै अनाधिकृत व्यक्तिको पहुँच’ शीर्षकमा कर्णालीपत्रले समाचार प्रकाशित गरेको थियो ।