घुस माग्ने नासु अख्तियारको नियन्त्रणमा

कर्णालीपत्र संवाददाता २५ कार्तिक २०७६, सोमबार ०६:२२

सुर्खेत ,२४ कात्तिक । सेवाग्राहीसंग घुस मागिरहेको अवस्थामा पश्चिम रुकुममा नायव सुब्बा रमेशकुमार खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । रुकुम पश्चिमको जिल्ला अदालत मुसिकोटमा कार्यरत खड्कालाई मुसिकोट नगरपालिका–१ खलंगास्थित राप्ती होटलबाट नियन्त्रणमा लिइएको हो ।

खड्काले अदालतबाट फैसला भईसकेको मुद्धामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनुपर्नेमा नगराई सेवाग्राहीसँग पटक–पटक मोलमोलाई गरेका थिए । सुरुमा ६० हजार रुपैयाँ घुस नदिएसम्म कागजपत्र नदिएका खड्का अन्त्यमा १५ हजार रुपैयाँमा सहमत भएका थिए । घुसको लागि होटलमा बोलाएका खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले नियन्त्रणमा लिएको कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । टोलीको नेतृत्व प्रहरी नायब उपरिक्षक शिवकुमार श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल भ्रमण वर्ष २०२०ः केन्द्र तात्यो, प्रदेश सुस्त

२५ कार्तिक २०७६, सोमबार ०६:२२
भ्रमण वर्षको तयारी स्वरुप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ जेठ मसान्तमा सात वटै प्रदेशमा १६ सदस्यीय पर्यटन प्रवद्र्धन समिति गठन गरेको थियो । समितिलाई नेपाल भ्रमण बर्षलाई लक्षित गरि प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न कामहरु गर्न अख्तियारी दिइएको छ ।

सम्बन्धित शीर्षक