प्रदेश प्रमुख कलौनीद्वारा पदभार ग्रहण

कर्णालीपत्र संवाददाता २१ कार्तिक २०७६, बिहीबार ११:३१

सुर्खेत, कात्तिक । कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार पदभार ग्रहण गरेका छन् । मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका प्रदेश प्रमुख कलौनीले प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा एक कार्यक्रमकाबीच पदभार ग्रहण गरेका हुन् ।

नवनियुक्त कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनी बुधबार पदभार ग्रहण गर्दै ।

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख कलौनीले अरु प्रदेश सरह कर्णाली प्रदेशलाई माथि लैजान सबै क्षेत्रको सहयोगको आवश्यकता रहेको बताए । विगतमा दुःख र कष्ट भोगेका कर्णालीबासीको अनुहारमा उज्यालो ल्याउन एकजुट भएर लाग्नुपर्ने उनले औंल्याए । कर्णाली प्रदेश सरकारले लिएको विकास र समृद्धिको यात्रामा आफनो तर्फबाट समन्वय एवम् रचनात्मक भूमिका निर्वाह गर्ने उनले बताए ।

बुधबार बिहानमात्र सुर्खेत आइपुगेका कलौनीलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, उपसभामुख पुष्पा घर्ती, मुख्य न्यायधिवक्ता विद्याभूषण मानन्धर लगायतले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२०७६-०७-२१

२१ कार्तिक २०७६, बिहीबार ११:३१