यी हुन् सात नयाँ प्रदेश प्रमुख

कर्णालीपत्र संवाददाता १८ कार्तिक २०७६, सोमबार १५:५५

काठमाडौं, कात्तिक १८ :

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले नयाँ प्रदेश प्रमुखहरू छानेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सकिएको नेकपाको सचिवालय बैठकले नयाँ प्रदेश प्रमुख बनाउन सात जनाको नाम छानेको हो।

बैठकपछि बोल्दै नेकपा महासचिव बिष्णु पौडेलले चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार, डडेल्धुराका गोविन्द कलौनी, झापाका बिष्णु प्रसाईं, काठमाडौंकी शर्मिला त्रिपाठी र सिरहाका धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको जानकारी दिए।

कसलाई कुन प्रदेशमा खटाउने भन्ने कुरा मन्त्रिपरिषद् बैठकले टुंग्याउने महासचिव पौडेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश प्रमुखमा भागबण्डाः कर्णालीमा कलौनी

१८ कार्तिक २०७६, सोमबार १५:५५
प्रदेश प्रमुखमा सिफारिस भएपछि गोविन्द कलौनी सोमबार साँझ धनगढीबाट काठमाडौं गएका छन् । आधिकारिक सपथ लिएपछि मात्र आफ्ना धारणाहरू सार्वजनिक गर्ने भन्दै उनले आफ्नो नियुक्तिबारे प्रतिक्रिया दिन मानेनन् ।

सम्बन्धित शीर्षक