प्रदेश प्रमुख नियुक्ति गर्न मन्त्रिपरिषद् बैठक

कर्णालीपत्र संवाददाता १८ कार्तिक २०७६, सोमबार ०९:१८

काठमाडौँ । नयाँ प्रदेश प्रमुखको नियुक्तिका लागि छलफल गर्न सरकारले सोमबार बिहान मन्त्रिपरिषद् बैठक बोलाएको छ । बैठक बिहान ११ः०० बजे बस्ने बताइएको छ ।

आइतबार बिहान पनि बसेको मन्त्रिपरिषद् बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइराला  र त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बाँस्कोटालाई नियुक्ति गरेको थियो ।

लगत्तै सोही दिन साँझ बैठक बस्ने भनिएपनि आन्तरिक तयारी नपुगेका कारण आजसम्मका लागि बैठक स्थगन भएको बुझएको छ ।
सरकारले राष्ट्रपतिमार्फत आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२०७६-०७-१८

१८ कार्तिक २०७६, सोमबार ०९:१८