सातौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको तयारी शुरु

कर्णालीपत्र संवाददाता १८ कार्तिक २०७६, सोमबार ०८:२३

काठमाडौं, १७ कात्तिक
नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सन् २०१४ देखि सञ्चालन गर्दै आएको राष्ट्रियस्तरको एस्ट्रोनोमी ओलम्पियाडको सन् २०२० मा आयोजना हुने सातौँ संस्करणको तयारी शुरु गरेको छ ।

तयारीस्वरूप देशभरिबाट छनोट हुने पाँचजना विज्ञान शिक्षक कात्तिक १९ देखि २२ गतेसम्म भारतको मुम्बईमा अवस्थित होमी भाभा विज्ञान शिक्षा केन्द्रमा सञ्चालन हुने ‘एस्ट्रोनोमी ओलम्पियाड एक्स्पोजर क्याम्प’ का लागि त्यसतर्फ प्रस्थान गरिसकेका सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । आइतबारदेखि मंसिर ४ गतेसम्म कार्यक्रमको लोगोको आवेदनका लागि सार्वजनिक आह्वान गरिएको छ । ओलम्पियाड सन् २०१४ देखि नेपालमा सञ्चालित एक राष्ट्रियस्तरको प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक कार्यक्रम हो । सन् २०१४ देखि २०१८ सम्म कक्षा ११ र १२ का विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए । सन् २०१९ देखि कक्षा ९ र १० का विद्यार्थीले पनि भाग लिने वातावरण सिर्जना गरिएको छ ।

तीन चरणमा सञ्चालन हुने ओलम्पियाडको पहिलो चरणका लागि नेपालका सातै प्रदेशमा कम्तीमा एउटा परीक्षा केन्द्र स्थापना गरिन्छ । त्यस्तै पहिलो चरणबाट छनोट भएका विद्यार्थीले दोस्रो चरण घरै बसीबसी सहभागी हुन सक्नेछन् । तेस्रो चरणका लागि छनोट भएमा काठमाडौं आउनुपर्ने सोसाइटीका अध्यक्ष भट्टराईले बताए । काठमाडौंमा सञ्चालन हुने तेस्रो चरण (बन्द शिविर) मा सहभागी उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा सहभागी गराइन्छ । हालै रोमानियामा सम्पन्न २४औँ अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपालले जुनियरतर्फ कास्य पदक प्राप्त गर्न सफल भएको थियो । सन् २०१६ र २०१७ मा सञ्चालित १०औँ र ११औँ अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोपिÞmसिक्स ओलम्पियाडमा ‘अनरेवल मेन्शन’ प्राप्त गरेको थियो । नेपालले २३औँ अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा ‘विशेष अवार्ड’ प्राप्त गरेको थियो ।

प्रतियोगितामा अब्बल देखिएका विद्यार्थीले सन् २०२० मा युरोपेली राष्ट्र इटालीमा आयोजना हुने ‘२५औँ अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड’ तथा ‘दक्षिण अमेरिकी राष्ट्र कोलम्बियामा हुने १४औँ अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोपिÞmसिक्स ओलम्पियाड’मा सहभागी हुने मौका पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश प्रमुख नियुक्ति गर्न मन्त्रिपरिषद् बैठक

१८ कार्तिक २०७६, सोमबार ०८:२३
काठमाडौँ । नयाँ प्रदेश प्रमुखको नियुक्तिका लागि छलफल गर्न सरकारले सोमबार बिहान मन्त्रिपरिषद् बैठक बोलाएको छ । बैठक बिहान ११ः०० बजे बस्ने बताइएको छ । आइतबार बिहान पनि बसेको मन्त्रिपरिषद् बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइराला  र त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बाँस्कोटालाई नियुक्ति गरेको थियो । लगत्तै सोही दिन साँझ […]