रोशनी महरा प्रकरण :थुनछेक बहस आइतबार

कर्णालीपत्र संवाददाता १५ कार्तिक २०७६, शुक्रबार १९:०५

 

काठमाडाैं, १५ कात्तिक :

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा बयान नसकिएकाले आज पनि थुनामै रहने भएका छन् ।

काठमाडौंको बबरमहलस्थित जिल्ला अदालतमा महराको बयान थियो । बयान नसकिएपछि अब न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासमा थुनछेकको बहस आइतबार मात्रै सुरु हुने छ । भोलि शनिवार भएकाले थुनछेक बहस आइतबारका लागि सरेको हो ।

सरकारी वकिलको कार्यालयले बिहीबार महराविरुद्ध बलात्कार प्रयास गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको थियो । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि प्रहरीले महरालाई पक्राउ गरेको थियो ।

थुनछेक बहसपछि महरालाई धरौटीमा रिहा गर्ने, पूर्पक्षका लागि कारागार चलान गर्ने वा साधारण तारेखमा छाड्नेबारे अदालतले फैसला गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिमाली क्षेत्रका प्रहरीचौकी विस्थापित; ६ सरे, ३ सार्ने तयारी

१५ कार्तिक २०७६, शुक्रबार १९:०५
जाडो बढ्न थालेपछि उच्च हिमाली क्षेत्रका प्रहरीचौकीलाई सदरमुकाम सार्न थालिएको छ । हिउँद लागेसँगै तापक्रम माइनस डिग्रीमा झरेकाले माथिल्लो डोल्पाका ६ प्रहरीचौकीलाई जिल्ला सदरमुकाम सारिएको छ भने हुम्लाका दुई प्रहरीचौकीलाई केही दिनमै सार्ने तयारी छ ।