प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणमा

कर्णालीपत्र संवाददाता १३ कार्तिक २०७६, बुधबार १६:०७

काठमाडौँ, १३ कात्तिक :  प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्यपरीक्षणका लागि आज बिहान धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल जानुभएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा गम्भीर समस्या नरहेको र परीक्षणपछि सम्भवतः आजै निवास फर्कने उहाँका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली गत भदौमा सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा मिर्गाैलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस) बाट उपचार गरी स्वदेश फर्कनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मधेश–पहाडको एकता र संस्कृतिलाई सुदृढ गर्छोँ : मन्त्री भट्टराई

१३ कार्तिक २०७६, बुधबार १६:०७
जनकपुरधाम, १३ कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सरकारले मधेश–पहाडको एकता र संस्कृतिलाई सुदृढ एवं भाषाको आदानप्रदानको योजना कार्यान्वयनको तयारी गरिरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ धनुषाद्वारा आज  जनकपुरधाममा आयोजित छलफल कार्यक्रममा मन्त्री भट्टराईले मैथिली भाषाका महाकवि विद्यापति देशकै महाकवि भएको भावनालाई विस्तार गर्न पहाडमा विद्यापतिको […]