उम्मेदवार टुङ्गो लगाउन काङ्ग्रेस पदाधिकारी बैठक

कर्णालीपत्र संवाददाता १३ कार्तिक २०७६, बुधबार १६:०२

काठमाडौँ, १३ कात्तिक (रासस) : नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन बिहीबार बिहान पदाधिकारी बैठक बोलाएको छ ।

जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी नाम टुङ्गो लगाउन पदाधिकारी तहमा छलफल गर्न लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र उपनिर्वाचन हुने प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका प्रतिनिधिसहितको बैठक बस्न लागेको उहाँले बताउनुभयो । बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुनेछ । पदाधिकारी बैठकमा सहमति भएका विषयमा निर्णय गर्न काङ्ग्रेसले यही कात्तिक १५ गते दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।
उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेको मुख्य सचिव पौडेलले जानकारी दिनुभयो । यस अघि सबै जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट उम्मेदवारका नामावली सिफारिस भई प्राप्त नभएको भन्दै कात्तिक ७ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।

मङ्सिर १४ गते हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणमा

१३ कार्तिक २०७६, बुधबार १६:०२
काठमाडौँ, १३ कात्तिक :  प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्यपरीक्षणका लागि आज बिहान धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल जानुभएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा गम्भीर समस्या नरहेको र परीक्षणपछि सम्भवतः आजै निवास फर्कने उहाँका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली गत भदौमा सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा मिर्गाैलासम्बन्धी […]

सम्बन्धित शीर्षक