तिहारमा पनि योजना अनुगमन

कर्णालीपत्र संवाददाता १२ कार्तिक २०७६, मंगलवार २०:२२

जाजरकोट, १२ कात्तिक । सङ्घीय सरकार र प्रदेश सरकारबाट जिल्लामा परेको योजनाको अनुगमन तथा जनतासँग घरदैलो भेटघाटमा डोल्पाका प्रदेशसभा सदस्य तथा पार्टीका नेताहरुको दिन बितेको छ । राज्यले लगानी गरे पनि सन्तोषजनक प्रतिफल नआएको गुनासो बढेपछि प्रदेशसभा सदस्यहरु गाउँगाउँमा योजना अनुगमनमा गएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रदेश सरकारबाट स्थानीय तहमा दिइएका योजनाहरुको एक–एक गरेर अनुगमन गर्दै मुड्केचुला पुगेर फर्केको प्रदेशसभा सदस्य शाहीले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारले दिएका त्रिपुरासुन्दरी नगरपालिका, जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा निर्माण भएका र हँुदै गरेका योजनाहरुको अनुगमन गरिएको हो ।

तिहार पर्वको समयमा पनि फुर्सद निकालेर तीनवटै स्थानीय तहका पदाधिकारीहरुसँग योजनाहरुको विकासको समीक्षा गरिएको शाहीले बताउनुभयो । उहाँका अनुसार अनुगमन गर्दा योजनाहरु सन्तोषजनक रुपमा सम्पन्न भएका र कार्यान्वयनको चरणमा रहेको पाइएको छ । अनुगमन टोलीमा प्रदेशसभा सदस्य शाही, बद्मी क्वारी बोहोरा, नेकपा डोल्पाका इन्चार्ज तथा नेकपा केन्द्रीय सदस्य हंसबहादुर शाहीलगायत संलग्न हुनुहुन्थ्यो ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छठ पर्वको मुख्य विधि शुरू हुँदै

१२ कार्तिक २०७६, मंगलवार २०:२२
जनकपुरधाम, १३ कात्तिक (रासस) :  मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि शुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो […]