अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

कर्णालीपत्र संवाददाता १२ कार्तिक २०७६, मंगलवार ०६:१८

काठमाडौँ, ११ कात्तिक । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली आइतबार अजरबैजानबाट फर्किएपछि प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच आज भएको भेटघाटका क्रममा समसामयिक विषयमा छलफल भएको अध्यक्ष ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाले राससलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी भई आइतबार स्वदेश फर्किनुभएको हो ।

प्रेस सल्लाहकार सापकोटाले भन्नुभयो,“प्रधानमन्त्री अजरबैजानबाट फर्किएपछि दुई अध्यक्षबीच हिजै भेटघाट हुने कुरा थियो, हिजो समय नमिलेपछि आज भेटघाट भएको हो । भेटमा प्रधानमन्त्रीको विदेश भ्रमण र अरू दैनिक घटनाक्रम भन्दा अन्य कुनै पनि विषयमा छलफल भएको छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दलका नेताको भाइटीकाः कसले कसरी लगाए

१२ कार्तिक २०७६, मंगलवार ०६:१८
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाउनुभएको छ ।