राष्ट्रपतिद्वारा नेपाल संवत्को शुभकामना

कर्णालीपत्र संवाददाता १२ कार्तिक २०७६, मंगलवार ०६:०७

काठमाडौँ, १२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

“नेपालको मौलिक संवत्को रूपमा रहेको नेपाल संवत्ले सबै नेपालीहरूमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिएको छु”, राष्ट्रपति भण्डारीद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल संवत्को नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकवासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै सबैमा हर्षोल्लासको कामनासहित हार्दिक शुभेच्छासमेत व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उपराष्ट्रपतिद्वारा दीपावली र नेपाल संवत्को शुभकामना

१२ कार्तिक २०७६, मंगलवार ०६:०७
काठमाडौँ, १२ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले दीपावली तथा नेपाल संवत्का अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । दीपावली र नेपाल संवत्का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “उज्यालो र उल्लासको पर्वको रूपमा मनाइने नेपालीहरूको महान् चाड शुभ–दीपावलीलाई स्वागत गरेर हर्षोल्लासका साथ मनाइँदैछ । नेपालको मौलिक […]

सम्बन्धित शीर्षक