प्रहरीले बुझायो महराको प्रतिवेदन

कर्णालीपत्र संवाददाता ९ कार्तिक २०७६, शनिबार १०:१९

काठमाडौं, कात्तिक ९ (कर्णालीपत्र) । प्रहरीले तत्कालीन सभामुख कृष्णबहादुर महराविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउँदै उनीमाथि कैद तथा जरिवाना माग गरेको छ । २० दिन लामो अनुसन्धानबाट महराले संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबर्जस्ती करणी उद्योग गरेको पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ ।

‘घटनास्थल मुचुल्का, जाहेरी तथा हालसम्म जाँचबाट आएका रिपोर्टहरूले जबर्जस्ती करणी उद्योग गरेको देखिन आएको छ,’ प्रहरी स्रोतले भन्यो । महरालाई दोस्रोपटक सात दिन हिरासतमा राख्ने अनुमति लिएको भोलिपल्ट शुक्रबार प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा महरालाई मुलुकी अपराध संहिता २०७४ को बलात्कार प्रयाससम्बन्धी कसुरमा कैद तथा सजायको माग गरिएको छ । स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा सार्वजनिक पदमा रहेर महरा बलात्कारजस्तो जघन्य अपराधमा संलग्न भएकाले त्यस उपर पनि कारबाही माग गरिएको छ ।

तर, महराले भने इन्कारी बयान दिएको प्रहरीले जनाएको छ । पीडकको बयान इन्कारी नै देखिए पनि कसुर स्थापित हुने आधार तयार पारेर प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने गरेको छ । संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि जबर्जस्ती करणी उद्योगमा प्रहरीले उनीमाथि अनुसन्धान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वर्षदिनमा हुम्ला राष्ट्रिय सडकमा जोडिनेः उपराष्ट्रपति पुन

९ कार्तिक २०७६, शनिबार १०:१९
‘नेपाल भारत चीनसँग जोड्ने १३३ केभिए विद्युत् प्रसारण लाइनको पनि काम शुरू भइसकेको छ,’ उपराष्ट्रपति पुनले भने, ‘कर्णाली करिडोर र विद्युत्को प्रसारण लाइन विस्तारको योजनाले मात्रै हुम्ला र हुम्ली जनताको जीवनस्तरमा अकल्पनीय परिवर्तन आउने छ ।