‘पर्यटनबाटै लाभ लिन सकिन्छ’ -उपराष्ट्रपति

कर्णालीपत्र संवाददाता ८ कार्तिक २०७६, शुक्रबार १२:१९

सुर्खेत, ८ कात्तिक (कर्णालीपत्र) । उपराष्ट्रपति नन्दबहादुुर पुनले कर्णाली प्रदेशले पर्यटन क्षेत्रबाटै लाभ लिन सक्ने बताएका छन् । सुर्खेतका पर्यटकीयस्थल काँक्रेबिहार र बुलबुले उद्यानको बिहीबार अवलोकन गर्दै उनले पर्यटन प्रवद्र्धन गर्नसके कर्णालीले मुहार पर्ने बताए ।

उपराष्ट्रपति पुनले खस भाषाको उत्पत्तिस्थल जुम्लाको सिंजा उपत्यकालाई काँक्रेबिहारसँग जोडेर पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने धारणा राखे । ‘सिंजाको महŒवबारे विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीभाषीलाई बुझाउन जरुरी छ, सिंजा क्षेत्रले जति महŒव पाउनुपर्ने पर्ने त्यति पाएको छैन,’ उनले भने, ‘कम्तीमा कर्णालीका मुख्य गन्तव्यस्थल रारा, सिंजा र काँक्रेबिहारलाई जोडेर पर्यटन प्रवद्र्धन गर्नसके भविष्यमा उचित लाभ पाउन सक्छौं ।’ उनले संसारको जुनसुकै कुनामा बसोबास गर्ने नेपालीभाषी भए पनि कम्तीमा एकपटक आफ्नो भाषाको उत्पत्तिस्थल सिंजा क्षेत्रको भ्रमण गराउनुपर्नेमा जोड दिएको राससले जनाएको छ ।

उपराष्ट्रपति पुनसँगै कर्णालीका प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले काँक्रेबिहार र बुलबुले उद्यान क्षेत्रको अवलोकन गरेको राससले जनाएको छ । काँक्रेबिहारमा वीरेन्द्रनगर नगरपालिकाले पञ्चेबाजासहित उपराष्ट्रपतिको स्वागत गरेको थियो । नगर उपप्रमुख मोहनमाया ढकाल, वडाध्यक्ष सुरेश मानन्धरले काँक्रेबिहारको विकासको अवस्था र ऐतिहासिक पक्षका बारेमा उपराष्ट्रपतिलाई जानकारी गराए ।
उपराष्ट्रपति पुनले शुक्रबार सिंजा महोत्सवको उद्घाटन र हुम्लामा एक विद्यालयको शिलान्यास गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२०७७-०७-०९

८ कार्तिक २०७६, शुक्रबार १२:१९