सहभागीनै प्रमुख अतिथि बनेपछि…

कर्णालीपत्र संवाददाता ८ कार्तिक २०७६, शुक्रबार ०८:२५

कर्णालीपत्र
सुर्खेत, ८ कात्तिक
सुर्खेतका लिलाराम काफ्ले देशकै दोस्रो बरियाताका उपराष्ट्रपति नन्दकिशोर पुनलाई भेट्ने खबरले हौसिएर बिहिबार बिहानै दौरा सुरुवालको पहिरनमा सजिए । बिहान ८ बजे वीरेन्द्रनगर ८ आवास क्षेत्र पुगेका काफ्लेलाई सात घण्टापछि अनौठो जिम्मेवारी आइलाग्यो ।

आफ्ना छोराहरूले स्थापना गरेको शुभलक्ष्मी कलेज हेल्थ साइन्स अस्पतालमा पुगेर आगन्तुकसँग खुशी साँट्ने योजना ६५ वर्षिय काफ्लेको थियो । बिडम्बना आँशु चुहाएर सोही अस्पतालको उद्घाटन गर्नु प¥यो । अस्पतालको उद्घाटन कार्यक्रमको अन्तमा डाकै छोडेर रोएका काफ्लेले अस्पताल उद्घाटनको वातावरणलाई नै भावुक बनाए ।

खुशीको क्षणमा समेत काफ्ले भक्कानिने अरु कुनै कारण नभै आउपराष्ट्रपति नन्नबहादुर पुनबाट पुर्ववत सल्लाह अनुसार अस्पताल उद्घाटन नभएको विषय थियो ।

शुभलक्ष्मी अस्पताल व्यवस्थापनले उपराष्ट्रपति पुनबाटै अस्पताल उद्घाटन गराउने योजनाका साथ गएको असोज २९ गतेदेखि खिलित प्रक्रिया थालेको थियो । शुरुमा बिहिबार बिहान ९ बजे उपराष्ट्रपति पुनबाट अस्पताल उद्घाटन हुने तयारीमा रहेको व्यवस्थापनलाई साढे दश बजे सुर्खेत विमानस्थलबाट सिधैं अस्पतालमा गएर उद्घाटन कार्यक्रम शुरु हुने सूचना उपराष्ट्रपतिको सचिवालयले मौखिक गराएको दावी अस्पतालका अध्यक्ष रोकायाको छ । उपराष्ट्रपतिले अस्पताल उद्घाटन गर्ने निश्चित भएर बुधबार राती नै विशेष सुरक्षा टोलीले अस्पतालको चारैतर्फको सुरक्षा निगरानी गरेको थियो ।’ उनले भने ‘सुरक्षा निकायकै सल्लाहमा हामीले अस्पतालमा अतिविशिष्टका लागि आराम गर्ने ठाउँ, ट्वाइलेट÷बाथरुम देखि अन्यसबै व्यवस्थापन ग¥यौं । तर बिहिबार बिहान ११ बजेर ४५ मिनेटमा आएर उहाँ ९उपाराष्ट्रपति० कार्यक्रममा आउने कुरा रद्ध भएको जानकारी पायौं ।’

यससम्बन्धी थप समाचार पढ्नुहोस्  अस्पताल उद्घाटनको रहस्य; मन्त्रालयद्वारा आफ्नै अनुमतिपत्र अवज्ञा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२०७७-०७-०८

८ कार्तिक २०७६, शुक्रबार ०८:२५