डोल्पामा मोटरसाइकल दुर्घटनामा १ को मृत्यु १ घाइते

कर्णालीपत्र संवाददाता ६ कार्तिक २०७६, बुधबार १६:२४

कर्णालीपत्र
डोल्पा, ६ कार्तिक
डोल्पामा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्युु भएको छ ।

भे ८ प ९१६५ को मोटरसाइकल दुर्घटनामा परेर २४ वर्षिय ज्ञानबहादुर बुढाको मृत्युु भएको हो । आज बिहान ८ बजेतिर भएको दुर्घटनामा मृतक बुढासँगै पछाडि बसेका बर्ष २४ का काजिमान बिक घाइते भएकाहुन। घाइते बिकको चिँउडि र दायाँ खुट्टामा चोट लागेपनि स्वास्थ अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारका अनुसार त्रिपुराकोटबाट दुनै जाने क्रममा त्रिपुरासुन्दरी नगरपालिका ३ मा पर्ने भित्तिमा दुर्घटना भएको हो । दुबै जना त्रिपुराकोट बजारबाट सामान किनेर दुनैजानेक्रममा घटना घटेको बताइएको छ ।
डोेल्पामा मोटरसाइकल दुर्घटना भएर ज्यान गुमाएको पहिलो घटना भएको बताउँदै तिब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने उनले बताए । क्षतिपूर्तिको बिषयलाई लिएर परिवारले शव बुझ्न नमानेको र पोष्टमार्टम नभएको प्रहरीले जनाएको छ ।

बुढा र विकले सवारी अनुमतिपत्र बिना मोटरसाइकल चलाएको भन्दै मंगलबार जरिवाना गरेको प्रहरीले जनाएको छ । हालसम्म डोल्पामा सवारी दुर्घटनामा परेर १९ जनाले ज्यान गुमाइसकेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२०७७-०७-०७

६ कार्तिक २०७६, बुधबार १६:२४