नेकपाका केन्द्रीय सदस्यमाथी ‘विप्लव’ समुहको आक्रमण

कर्णालीपत्र संवाददाता ६ कार्तिक २०७६, बुधबार १३:०३

जाजरकोट , ६ कात्तिक । बारेकोट गाउँपालिकाको लिम्सामा हुँने नेपाल कम्युनिष्ट पाटी (नेकपा)को गाउँ कमिटिको सपथ ग्रहण गराउन हिडेका नेता माथी आक्रमण भएको छ ।

विप्लव समुहका कार्यक्रताले जिल्लाको नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका – ८ लैखमको बीचमा रहेको उकालोमा (नेकपा)का केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश कमिटिका सदस्य डम्वर सिहमाथी आक्रमण भएको हो । आक्रमणमा परी प्रदेश सदस्य सिंहलाई बढी चोट लागेको आचार्यले जानकारी दिनुभयो ।

विप्लव कार्यक्रताले दुवै नेताको मोवाईल फोन कव्जामा लिएका बताएको छ । विद्युतिय धराप राखेको भन्दै खच्चड व्यवसायीलाई नलगाड कालीमटीबाट लेखम सम्मको बाटोमा हिड्न नदिएको बताएको छ । प्रहरीले आक्रमणकारीको खोजी कार्य तिव्र पारेको छ । आज लिम्सामा हुँने भनिएको कार्यक्रम समेत अवरुद्ध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डोल्पामा मोटरसाइकल दुर्घटनामा १ को मृत्यु १ घाइते

६ कार्तिक २०७६, बुधबार १३:०३
आज बिहान ८ बजेतिर भएको दुर्घटनामा मृतक बुढासँगै पछाडि बसेका बर्ष २४ का काजिमान बिक घाइते भएकाहुन।