बोक्चेगौडा–सलीसल्ला सडक खनिँदै

कर्णालीपत्र संवाददाता ४ कार्तिक २०७६, सोमबार ०८:५९

कर्णालीपत्र
हुम्ला । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा एक्साभेटरलाई कर्णाली नदीको सहायक नदी खार्पूखोला पार गराएर सडक खन्न थालिएको छ । वर्षायाममा रोकिएको कर्णाली कोरिडोरअन्तर्गतको बोक्चेगौडा–सलीसल्लाको ट्रयाक खोल्ने थालिएको हो ।

जसका लागि आवश्यक पर्ने एक्साभेटर सदरमुकामबाट कर्णालीको सहायक नदी पार गरेर लिन थालिएको हिल्सा–सिमकोट सडक कार्यालय सिमकोटका प्रमुख शशांक मिश्रले जानकारी दिए । मिश्रका अनुसार भारी वर्षाका कारण केही महिना अवरुद्ध भएको ५१ किलोमिटर सिमकोट–सलीसल्ला सडकखण्डको काम सुचारु गरिने छ । वर्षायाममा खोलाको बहाव ठूलो हुँदा सिमकोटमै थन्किएका उक्त मेसिन लिएर काम सुचारु गरिने उनको भनाइ छ । वर्षाले दोजाम कर्णालीमा पानीको बहाव ठूलो हुँदा एक्साभेटरलाई खोला पार गराउन गाह्रो भएको बताएको हिल्सा सिमकोट सडक आयोजना सिमकोटका अनुसार अहिले बोक्चेगौडाको भीर फोड्ने काम सुचारु भएको छ । मान्छेले भन्दा एक्साभेटरले सडकको काम गर्दा छिटो हुने आयोजना प्रमुख मिश्रले बताए । उनका अनुसार २०७७ वैशाखसम्म ट्रयाक खोल्ने काम सक्ने लक्ष्य राखिएको उक्त सडकखण्डको १९ किलोमिटर मात्रै खन्न बाँकी छ ।

विष्फोटक पर्दाथ नभएकाले ढिलाइ

सडकको चट्टान फोड्न आवश्यक पर्ने विष्फोटक पदार्थ समयमा उपलब्ध नभएकाले सिमकोट–सलीसल्ला सडकको ट्रयाक खोल्ने कार्यमा ढिलाइ भएको हिल्सा–सिमकोट सडक आयोजनाले जनाएको छ । ‘बेक्चेगौडादेखि सर्केघाढसम्म मात्रै पाँच ठाउँमा ठूलो चट्टानसहितको भीर फोड्नु पर्नेछ,’ आयोजना प्रमुख मिश्रले भने, ‘नेपाली सेनामार्फत् खरिद गर्ने र विष्फोटक पदार्थ पड्काउने काम भएको छ ।’

गएको असारदेखि नेपाली सेनाको मुख्यालयमा सबै प्रक्रिया गरेको बताएका मिश्रले अहिलेसम्म आयोजनालाई आवश्यक विष्फोटक पदार्थ नआएकाले भीर र चट्टानमा अपेक्षाकृत काम हुन सकेको छैन । अहिले पनि हरेक दिन नेपाली सेनाको मुख्यालय धाउन आफू काठमाडौंमै रहेको बताएका मिश्रले समयमै विष्फोटक पर्दाथको व्यवस्था भए २०७७ वैशाख अघिनै सिमकोटदेखि सलीसल्लासम्मको ५१ किलोमिटर सडकको ट्र«याक खोल्ने काम सम्पन्न गर्न सकिने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खस भाषाको नाटक ‘पम्फा फूल’ प्रदर्शन

४ कार्तिक २०७६, सोमबार ०८:५९
स्थानीय कलाकारहरूको लेखन तथा निर्देशन रहेको नाटक ‘पम्फा फूल’ जुम्लाको सदरमुकाम खलंगामा रहेको निर्माण व्यवसायी संघको हलमा प्रदर्शन भएको हो । स्थानीय कलाकार हिराबिजुली नेपालीको लेखन, गोविन्द सुनारको निर्देशनसहित १३ जना स्थानीय कलाकारको टिमले निर्माण गरेर मञ्चन गरिएको नाटकले धनकै कारण आमाबुबा, दिदीबहिनी, श्रीमतीसहित परिवारका अन्य सदस्यलाई पीडा दिइरहेको कथा प्रस्तुत गर्छ ।