छिन्चुमा बसपार्क बन्ने

कर्णालीपत्र संवाददाता १ कार्तिक २०७६, शुक्रबार १२:१५

कर्णालीपत्र
सुर्खेत, १ कात्तिक । सुर्खेतको छिन्चुमा बसपार्क निर्माणको काम अघि बढ्ने भएको छ । बसपार्क निर्माणका लागि केन्द्र सरकारको मन्त्रिपरिषद्को बैठकले वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेपछि सुर्खेतको भेरीगंगा नगरपालिकास्थित छिन्चुमा बसपार्क निर्माण हुने बाटो खुलेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भेरीगंगा नगरपालिकामा बसपार्क निर्माण र सञ्चालनका लागि वडा नम्बर १२ मा रहेको राष्ट्रिय वन क्षेत्रको २.१५ हेक्टर जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ । छिन्चुमा बसपार्क नहुँदा सडकमै सवारी साधन पार्किङ गर्नुपर्ने बाध्यता छ ।

काम सुरु गर्छौः नगर उपप्रमुख

बसपार्कका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय स्वागतयोग्य रहेको भेरीगंगा नगरपालिकाकी उपप्रमुख रेणु आचार्य (ढकाल) ले बताइन् । ‘बसपार्क निर्माणका लागि पटकपटक पहल गरेका छौं,’ उनले भनिन्, ‘मन्त्रिपरिषद्को यो निर्णय नगरवासीका लागि खुसीको विषय हो ।’

उपप्रमुख आचार्यले सहरी विकास मन्त्रालयसँग बसपार्क निर्माणका लागि नगरपालिकाले समन्वय गरिरहेको जानकारी दिइन् । मन्त्रिपरिषद्को निर्णयसँगै वन क्षेत्रमा रहेका रुखहरू कटानीका प्रक्रिया अघि बढाइने उनले बताइन् । उनले भनिन्, ‘रुख कटान, डिपिआरलगायतका काम सुरु हुनेछन् । हामी यसै आर्थिक वर्षभित्र बसपार्क निर्माण कार्यको थालनी गर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२०७६-०७-०२

१ कार्तिक २०७६, शुक्रबार १२:१५

सम्बन्धित शीर्षक