बलात्कार प्रयासको आरोपमा महरा विरुद्ध बहस जारी

कर्णालीपत्र संवाददाता २८ आश्विन २०७६, मंगलवार १६:१३

काठमाडौँ — बलात्कार प्रयासको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितका कानुन व्यवसायीले बहस गरेका छन् ।मंगलबार प्रहरीले महरालाई थुनामा राखेर अनुसन्धान गर्ने तयारीसहित म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएकोमा अहिले म्याद थप सम्बन्धि बहस जारी छ।सरकारी वकिलले महरालाई १३ थुनामा राख्न माग राखेका छन्। असोज १९ गते पक्राउ परेका महरालाई प्रहरीले सरकारी कार्यालय बन्द हुँदा त्यसको १० दिनपछि मात्रै अदालतमा उपस्थित गराएको हो। महरालाई नर्भिक अस्पतालबाट महानगरीय प्रहरी वृत सिंहदरबारले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं हुँदै अदालतमा पेश गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

असिनापानी पीडितको राहत रकम दुरुपयोग

२८ आश्विन २०७६, मंगलवार १६:१३
  वसन्त भण्डारी सुर्खेत, २९ असोज। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाले असिनापानी पीडितको राहत रकम दुरुपयोग गरेको पाइएको छ । कर्णाली प्रदेश सरकारले उपलब्ध गराएको उक्त राहत रकम पार्क निर्माण, सडक मर्मत, वृक्षारोपण, विद्यालय मर्मतमा लगाएर दुरुपयोग गरेको पाइएको हो । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले यहाँ राहतस्वरूप गएको […]

सम्बन्धित शीर्षक