तस्बिरमा; चीनका राष्ट्रपति सीको स्वागत (तस्बिरमा हेर्नुहोस्)

कर्णालीपत्र संवाददाता २५ आश्विन २०७६, शनिबार २०:३२

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा शनिबार अपराह्न विशेष विमानबाट काठमाडौँमा अवतरण गरेका छन् । नेपालको द्विदिवसीय भ्रमणमा रहेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत अभिवादन गरेका छन् ।

राष्ट्रपति सीलाई स्वागत गर्दै प्रधानमन्त्री ओली; चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।
चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । राष्ट्रपति भण्डारीको निमन्त्रणामा राष्ट्रपति सी दुई दिने नेपालको राजकीय भ्रमणमा आउनुभएको हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागतका लागि विभिन्न भेषभूषामा सजिएका स्थानीयवासी ।
चीनका राष्ट्रपति सी चिनफिङको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरणपछि धावनमार्गमा देखिएको कारकेड ।
चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार काठमाडौँको सोल्टीमोडमा स्वागतका लागि लामबद्ध कलाकार ।
चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार काठमाडौँको सोल्टीमोडमा स्वागतका लागि लामबद्ध कलाकार ।
दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सम्मान गारत अर्पण गर्दै नेपाली सेना ।
दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।
दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पञ्चकन्याद्वारा स्वागत गरिँदै ।
चीनका राष्ट्रपति सी चिनफिङको शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै उपराष्ट्रपति नन्दबहादुर पुन ।
चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै मन्त्रिपरिषदका सदस्य तथा संवैधानिक अंगका प्रमुखहरु ।
दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाको सम्मान गारत निरीक्षण गर्नुहुँदै ।
चीनका राष्ट्रपति सी चिनफिङ शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपस्थित बालबालिकाको स्वागत अविवादन ग्रहण गर्नुहुँदै । साथमा राष्ट्रपति विद्यादेवी भण्डारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२०७६-०६-२८

२५ आश्विन २०७६, शनिबार २०:३२