राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीको स्वागत

कर्णालीपत्र संवाददाता २५ आश्विन २०७६, शनिबार १७:३६

नेपालको दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपरान्ह काठमाडौं आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन्।

२३ वर्षपछि चीनका राष्ट्रपतिको नेपाल भ्रमण भएको हो।  राष्ट्रपति भण्डारीले त्रिभुवन विमानस्थलमा पुगेर समकक्षी सिलाई स्वागत गरेकी हुन्।

सी को स्वागतको लागि प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, मन्त्रीहरू पनि विमानस्थल पुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तस्बिरमा; चीनका राष्ट्रपति सीको स्वागत (तस्बिरमा हेर्नुहोस्)

२५ आश्विन २०७६, शनिबार १७:३६
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा शनिबार अपराह्न विशेष विमानबाट काठमाडौँमा अवतरण गरेका छन् ।