जिप दुर्घटनाका सबै सामान्य घाईते

कर्णालीपत्र संवाददाता २३ आश्विन २०७६, बिहीबार २०:५८

कर्णालीपत्र
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटबाट खार्पु जादै गरेको बोलेरो जीप दुर्घटना भएको छ ।

सदरमुकाम सिमकोटबाट खार्पुजाँदै गरेको जिप विहिबार अपरान्ह ४ बजे ४५ मिनेटमा स्पाप्नेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक राम प्रसाद घर्ति मगरले जानकारी दिए ।

हुम्लाका प्रहरी प्रमूख घर्तिका अनुसार दुर्घटनामा तीन जना वालवालिका सहित अन्य चारजना सामान्य घाईते भएका छन् ।

घाईते हुनेमा कमला टमटा, बेलु हदेली जेठरा, रिभा जेठरा, अशकला जेठरा सहित तीन जना वालवालिका दिपक टमटा, हौसेली रोकाया, शैलेश रोकाया रहेका छन् । जिपमा सवार १५ जना यात्रु मध्ये अन्यको अवस्था भने सामान्य छ ।

घाईते सातैजनालाई अहिले जिल्ला अस्पताल हुम्लामा उपचार भईरहेको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । अस्पताल स्रोतका अनुसार घाईतेमध्ये कसैको घाँटीमा, कसैको टाउकोमा चोट लागेको छ । कमला टमटालाई बढी चोट देखिएको छ भने अन्यको भित्री शरिमा चोट लागेको छ । भरखर्रै गाडी सिक्दै गरेका सहदेव जेठराले बोलेरो जिप चलाएकाले उक्त दुर्घटना भएको प्रहरीको प्रारम्भिक अध्ययनले जनाईएको छ ।

गएको असार तीन गते खार्पुनाथ गाउँपालिकाको याङ्गचुबगरमा पनि सिकारुले चलाएको जिप दुर्घटनाभई ११ जनाको घटनास्थलमै ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महरा सांसदबाट निलम्बित

२३ आश्विन २०७६, बिहीबार २०:५८
संघीय संसद सचिवालयले फौजदारी अभियोग लागेका महराको सांसद पद निलम्बनमा परेको जनाएको छ । संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले महरा निलम्बनमा परेको सूचना बिहीबार जारी गरेका छन् ।