हुम्लामा जिप दुर्घटना, सबै यात्रु सकुसल

कर्णालीपत्र संवाददाता २३ आश्विन २०७६, बिहीबार २०:०४

सिमकोट । हुम्लाको सदरमुकाम सिमिकोटबाट खार्पुनाथतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनाग्रस्त जिपमा सवार पाँच जना सामान्य घाइते भएपनि अन्य यात्रु सकुसल लाले जनाएको छ ।
खार्पुबाट सिमकोट आउँदै गरेको लु २ च २२६७ नम्बरको उक्त जिप स्याप्ने खोला नजिकै दुर्घटना भएको हो ।

दुर्घटनाका घाइत पाँचै जनालाई उपचारको लागि जिल्ला अस्पतालतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिपमा १३।१४ जना यात्रु भएको भनिए विस्तृत विवरण आउन सकेको छैन । दुर्घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरु उद्धारमा खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिप दुर्घटनाका सबै सामान्य घाईते

२३ आश्विन २०७६, बिहीबार २०:०४
घाईते हुनेमा कमला टमटा, बेलु हदेली जेठरा, रिभा जेठरा, अशकला जेठरा सहित तीन जना वालवालिका दिपक टमटा, हौसेली रोकाया, शैलेश रोकाया रहेका छन् । जिपमा सवार १५ जना यात्रु मध्ये अन्यको अवस्था भने सामान्य छ ।