९८ हजार रुपैयाँ नगदसहित जुवाडे पक्राउ

कर्णालीपत्र संवाददाता २३ आश्विन २०७६, बिहीबार ०७:५५

कर्णालीपत्र,
बाँके । नेपाल प्रहरीले रु ९८ हजार नगदसहित तीन जना जुवाडेलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा चलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जुवा खेलिरहेका अरू तीन जना फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका कोहलपुरका उमेश शाही, केशवराज क्षेत्री र नरबहादुर खत्रीका साथबाट रु ९८ हजार २०० नगद रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुम्लामा जिप दुर्घटना, सबै यात्रु सकुसल

२३ आश्विन २०७६, बिहीबार ०७:५५
लु २ च २२६७ नम्बरको उक्त जिप स्याप्ने खोला नजिकै दुर्घटना भएको हो ।