उक्त रक्तश्राव भएकी रिठुको हेलिकोप्टरबाट उद्धार

कर्णालीपत्र संवाददाता १७ आश्विन २०७६, शुक्रबार २१:१९

कर्णालीपत्र
हुम्ला । उच्च रक्तश्रावले नौं दिनदेखि थलिएकी ताजाँकोट गाउँपालिका ४ पाड्नीवाडाकी ३५ वर्षीया रिठु जैसीको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ ।

घरको आर्थिक अवस्था कमजोर भएकी जैसीको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईको पहलमा उद्धार भएको मैला स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट कमल ढकालले जानकारी दिए । ६ दिन अघि उपचारको लागि स्वास्थ्यौकी आएकी जैसी घरको कमजोर आर्थिक अवस्थाले सुविधासम्पन्न स्वास्थ्य संस्था लिन नसकेपछि घर फर्किएकी थिइन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा जैसीको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताइन् । उनका अनुसार बिहीबार मात्रै ताजाँकोटबाट सूचना प्राप्त भएपछि शुक्रबार २ बजे उनको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाइएका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाढीपीडितलाई खर्च जुटाउन समस्या

१७ आश्विन २०७६, शुक्रबार २१:१९
अघिल्लो वर्ष त आफूलाई ५५ वर्ष भनेरै भारतमा काम पनि गरे ।’ बाढीपीडित तुलबहादुर सुनारलाई पनि दसैंका समयमा छोराछोरीलाई के खुवाउने भन्ने विषयले सताएको छ ।