महरा–रोशनी प्रकरण; मोहदेखि मुटावसम्म

कर्णालीपत्र संवाददाता १५ आश्विन २०७६, बुधबार ०९:१४
नवराज महतारा

तीन दिनदेखि एउटा विषय सामाजिक सञ्जालदेखि प्रशासनिक, राजनीतिक र कानूनी वृतमा मात्रै नभएर चिया चौतारी, पानी पँधेरोमा छलफलको विषय बनेको छ । अन्य विषय उठ्छन् केही समय चर्चाको शिखरमा पुग्छन् र केही समयमै सेलाएर जान्छन् तर यो विषय छलफलमा बाहिर आएझैं प्रमाणित भए नेपालको मात्रै नभएर विश्वकै राजनीतिक तथा संसदीय इतिहासमा निकै कालो विषयमा रूपमा चित्रित हुनेछ । त्यो विषय प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको बलात्कार अभियोग हो ।

सोमबार साँझ प्रकाशन/प्रसारणमा आएको विषयले १२ घण्टामै व्यवस्थापिका प्रमुखसमेत रहेका महरालाई सभामुख पदबाट राजीनामा दिन बाध्य पा¥यो । वास्तवमा उक्त विषय कसरी उठान भयो ? कसरी बाहिर आयो ? अनि महराले सभामुख पदबाट किन राजीनामा दिनु प¥यो भन्ने बारेमा उल्लेख्य घटनालाई यहाँ प्रस्तुत गरेका छौं ।

घटना आइतबारको हो । नेपालीहरूको ठूलो चार्ड बडादसैंको पहिलो दिनअर्थात् घटस्थापना पनि परेको थियो । घटस्थापनासँगै सरकारी कार्यालयमा अनौपचारिकरूपमा बन्द हुने भएकाले सचिवालयमा एक कार्यक्रमको आयोजना गरिएको थियो । सचिवालय स्रोतका अनुसार सभामुख महरा उक्त कायक्रममा सहभागी भए । उनी निकट संसद् सचिवालयका एक कर्मचारीको अनुसार आइतबार बिहानैदेखि पटकपटक आएको एक फोनले तनाव बनाएको अनौपचरिक जानकारीसमेत महराले दिएका थिए । अन्य दिनभन्दा अलिक बढी नै तनावमा छन् भन्ने कुरा उनको अनुहारले समेत बताइरहेको थियो । तर, कसको फोन हो ? किन गरेको हो भन्ने बारे न नीजि सचिवालयलाई नै जानकारी थियो न त घरपरिवारलाई नै ।

संसद् सचिवालयदेखि अन्य विभिन्न कार्यक्रममा सहभागी भएका सभामुख महराले तनावकै झोकमा अन्य दिनभन्दा केही बढी नैं मदिराको प्रयोग गरेका थिए । स्रोत भन्छ, ‘आइतबार सचिवालयको एकजना कर्मचारीबाहेक अरुलाई सँगै लिनु भएको पनि थिएन । सुरक्षाकर्मी पनि निकै कम लिनु भएको थियो ।’ जुन तथ्य पीडित भनिएकी संसद्मै काम गर्ने महिलाको भनाइसँग पनि मिल्छ । आइतबार सिंहदरबारस्थित संसद् सचिवालयबाट सीधै तीनकुने पुगेका महराले सामुदायिक मार्गमा आफू सवार गाडी, सुरक्षाकर्मी र सचिवालयका कर्मचारीलाई छोडेर एकछिनमा आउने भन्दै गायब भए । स्रोत भन्छ, ‘सधैं आइरहने भएकाले हामीले खासै चासो राखेनौं, गाडीमै कुरेर बसिरह्यौं ।’

रोशनीको रोस र घटनाको खुलासा

महरा र रोशनीको सम्बन्धले पारिवारिक मान्यता पाएको आज मात्रै होइन् । पारिवारिक स्रोत भन्छ, ‘सरकारी गाडी लिएर आवतजावत गर्ने काम त निकै पहिलेदेखि नै भएको थियो ।’ तर अहिले मात्रै यो घटना कसरी बाहिर आयो ? यसका बारेमा विभिन्न सञ्चार माध्यममा विभिन्न ढंगले सार्वजनिक भएका छन् । यो घटनालाई पहिलोपटक प्रकाशनमा ल्याउने ‘हाम्रा कुरा डटकम’ नामक अनलाइनले सभामुख महरा मदिराले मातेर बलात्कार गरेपछि रोशनीले घटना बाहिर ल्याएको उल्लेख गरेको छ भने अन्य विभिन्न माध्यमले विभिन्न तर्कले तथ्यको खुलासा गरेका छन् । घटनाको खुलासा भएसँगै सभामुख महरा रोशनीको घरमा गएको र असामान्य व्यवहार देखाएको विषयमा सत्यता नै देखिन्छ । तर घटना र घटनासँग जोडिएको सम्बन्ध आइतबारदेखि मात्रै शुरु भएको भन्ने कुरा अलिक फरक छ ।

हामीलाई प्राप्त जानकारी र सूचनाअनुसार रोशनी राजनीतिक भनसुनकै आधारमा दरबन्दी नभएको संसद् सचिवालयमा लामो समयदेखि कार्यरत थिइन् । जसमा प्रत्येक्ष वा अप्रत्येक्ष महराको सम्बन्धले पनि काम गरेको थियो । महरा निकट एक स्रोतले भन्यो, ‘सभामुखकै सिफारिसमा उनी संसद्मा कामजमा बस्ने मात्रै होइन् जनसंगठनको महŒवपूर्ण जिम्मेवारीमा पुगेकी थिइन्् ।

संविधानतः देश संघीयतामा गएसँगै तीन तहको शासकीय संरचना मुताविक कर्मचारीलाई समेत समायोजन गर्न नीति संघीय सरकारले अघि सा¥यो । जसमा रोशनी पूर्ववत् संसद् सचिवालयमा काम गर्न नपाउने गरी समायोजनमा जानु प¥यो । जुन कुरामा उनलाई चित्त बुझेको थिएन । समायोजनामा समेत संसद् सचिवालयमै बस्ने चाहना गरेकी उनले पटकपटक सभामुखमार्फत् आफू अनुकूलको निर्णय गराउन चाहन्थिन् । उच्च स्रोत भन्छ, ‘सामान्य प्रशासन मन्त्रालय छोटो समयका लागि भए पनि समायोजन भएको स्थानमा कुनै पनि हालतमा जानुपर्ने सरकारको नीतिमा टसकोमस नभएपछि उनको माग कतैबाट पूरा भएन् । तर दोस्रो चरणमा भए पनि समायोजनालाई समेत प्रभावित पारेर अनुकूल बन्नेमा उनी विश्वस्त थिइन् । तर आइतबार नै सार्वजनिक भएको पछिल्लो समायोजनसमेत प्रतिकूल भएपछि स्थितिले नयाँ मोड लियो ।

समायोजनाको सूची सार्वजनिक भएदेखि महरा र रोशनी निरन्तर टेलिफोन वार्तामा थिए । आफ्नो पदीय मर्यादा र राजनीतिक उचाइलाई विगतको सम्बन्धको आँडमा मदिराको मात देखाउने महराको मति नपुगेको निचोड महरा निकटकाले निकालेका छन् । रोशनीको कोठामा भएका अदृश्यात्मक गतिविधिका बारेमा उनले मोबाइलमा रेडर्क गर्नुले पनि कतै उनी पूर्वतयारी त थिइनन् भन्ने बहससमेत सार्वजनिकरूपमै हुन थालेको छ । महरा रोशनीको कोठाबाट बाहिरिएपछि आफूले केही महिला सांसदलाई गुहारेको बताएकी छिन् । तर कांग्रेसकी उमा रेग्मीले २४ घण्टापछि घटना सञ्चार माध्यमा आएपछि आफूलाई फोन आएको स्वीकार गरेकोबाहेक अरु महिला सांसदले औपचारिकरूपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

समाचारको ब्रेकिङ र प्रेस सल्लाहकारको विज्ञप्ति

घटना घटेको झन्डै २४ घण्टाअर्थात् सोमबार बेलुका ७ बजे आसपास महराको समाचार सार्वजनिक भयो । घटनालाई प्रमाणित गर्ने तस्बिर र भिडियोसहित हाम्रा कुरा डटकम अनलाइनमा पहिलोपटक समाचार प्रकाशित भएदेखि नै भाइरल बन्यो । समाचार आएको झन्डै साढे एक घण्टापछि सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले समाचारको खण्डन गरे ।

रोचक कुरा त के छ भने पीडित भनिएकी रोशनीको पहिचान समाचारले शुरु देखिनै गौप्य राखे । तर तिनै रोशनीले प्रेस सल्लाहकार मल्लको खण्डन आएदेखि खुलेर सामाजिक सञ्जाल फेसबुकमा पोष्टमार्फत् दोहोरी खेलिन् । दुईटा फेसबुक आइडी चलाउँदै आएकी रोशनीले सोमबार राति ११ बजेर ४३ मिनेट जाँदा आफ्नो फेसबुकमा लेखेकी छन्, ‘आरोप हैन सत्यता हो डिल्ली मल्लको सभामुख बचाऊ विज्ञप्ति झुठा हुन् । भाँचिएको चस्मा सुरक्षित छ आत्तिनु पर्दैन र झुठो खुराफाती कुरा नगर्नु अझ बढी खाल्डो खनिएला होस् गर्नु ।’ पछिल्लो समय सधैं सरकार र नेकपाका नेताहरूकै विरुद्धमा समाचार सेयर र पोष्ट गरेकी रोशनीले छिनछिनमै महरा काण्डसँग प्रकाशित प्रसारित भएका समाचार सेयर गरेकी छिन् । महराको सचिवालय र उनको पक्षमा आएका भनाइको कडा खण्डन गरेकी रोशनीले नियमित चलाउने गरेको फेसबुक आइडी मंगलबार अपरान्ह ४ बजेपछि बन्द गरिएको छ ।

नेकपा सचिवालयको बैठक र महराको राजीनामा

घटना सार्वजनिक भएदेखि नै महरा र महराको सचिवालय ढुक्क थियो कि ‘अब पदबाट राजीनामा दिनु पर्छ ।’ सोही तयारीमा लागेका महरा र महराको नीजि सचिवालयले पार्टीका नेतासँग निरन्तर परामर्श गरिरहेकै थियो । तीनै तहमा दुईतिहाइ बहुमतको सरकार चलाएको नेकपाले बिहान बालुवाटारमा पार्टी सचिवालयको बैठक बोलायो । बैठकमा महराको घटना र कानूनी उपचारका बारेमा गम्भीर छलफल भयो । अन्तः महरालाई जोडेर बाहिर आएकोे घटनाप्रति दुःख व्यक्त गर्दै बैठकले सभामुख र सांसद पदबाट राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्न निर्देशन दिने निर्णय ग¥यो । लगत्तै महराले सभामुख पदबाट राजीनामा दिए ।

को हुन महरा फसाउने रोशनी ?

महरालाई आरोप लगाउने रोशनीको जन्म र कर्म दुवै घर जाजरकोट हो । रोशनी संसद् सचिवालयमा रहेको स्वास्थ्य ईकाइकी नर्स हुन् । शाहकी छोरी शाहीकी बुहारी उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जनस्वास्थ्यकर्मी संगठनकी नेताका रूपमा समेत उनलाई चिनिन्छ । पूर्व माओवादी केन्द्र निकट जनस्वास्थ्यकर्मी संगठनमा त शाही उच्च तहकै पदमा आसिन थिइन् । दरबन्दी नभए पनि संसद् सचिवालयमा लामो समयदेखि काजमा काम गर्दै आएकी उनी निकै कम राजनीतिक पहुँच भएका सचिवालयका कर्मचारीको लिष्टमा थिइन् ।

महराससँगको मोह

महरालाई विद्यमान व्यवस्थाको शक्तिशाली पदबाट पदमुक्त हुन बाध्य पार्ने रोशनीको मोहनीको इतिहास बहुदलीय व्यवस्थासँगै जन्मेको छ । उक्त विषय बाहिर आएपछि हामीलाई प्राप्त जानकारीअनुसार २०४६ सालमै उनको महरासँग चिनजान भएको थियो । तत्कालीन जनमोर्चाका चल्दापुर्दै नेताका रूपमा आफ्नो परिचय बनाइसकेका महराको बढी समय पुख्र्यौली घर रोल्पामै बित्यो ।

रोजगारीको सिलसिलामा रोशनीका श्रीमान् रोल्पामै थिए । लामो समय श्रीमान् रोल्पामा बस्नुपर्ने भएपछि आफू पनि रोल्पा पुगेकी रोशनीले महराकै घरमा कोठा लगिन् । रोशनीको परिवार झण्डै दुई वर्षसम्म रोल्पामा महराकै घरमा भाडा लिएर बस्यो । एकै घरमा बसेपछि दैनिकजसो महरासँग भेट हुने भएपछि उनीहरू बीचको घरबेटी र घरभाडामा बस्नेको सम्बन्ध, राजनीतिक र पारिवारिक सम्बन्धकारूपमा विकसित भयो । पछि आफूले समेत स्वास्थ्य क्षेत्रमै अध्ययन गरेकी रोशनी महरासँगको सम्बन्धलाई कायम राख्न चाहिन भने त्यसमा महराले समेत समर्थन गरिरहे । तत्कालीन माओवादीले सञ्चालन गरेको दश बर्से जनयुद्धमा समेत महरा र रोशनीबीचको संवाद र सम्बन्ध कहिले नविकरण गर्नुपर्नेसम्मको स्तरमा कहिल्यै पुगेन् । यो अवस्था माओवादी शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि थप प्रगाढ बन्यो । कारण रोशनीलाई राजनीतिक बुई चढेर आफ्नो स्थान सुरक्षित गर्नु थियो भने महरालाई विश्वासिलाको संख्यामा बढोत्तरी गर्नु थियो ।

मन्त्री पदमा होस् वा पार्टीको नेता होस् जस्तोसुकै पदमा भए पनि महरा निसंकोच रोशनीकोमा आउने जाने गर्थे भने उनीलाई पनि महराकोमा आवतजावत गर्न कुनै रोकावट थिएन् । महरा निकट स्रोत भन्छ, ‘सम्बन्धले त अर्कै मोड लिएको रहेछ ।’

बयान फेरियो

घटना बाहिर आएको २४ घण्टा नपुग्दैं महरा र पीडित भनिएकी रोशनीकाको बयान बारम्बार फेरिएको छ । सोमबार महराबाट बलात्कार प्रयास नै भएको बताएकी महिलाले मंगलबार साँझ आफूलाई महरा सरले केही पनि नगरेको जानकारी दिएकी छन् । तिसम्मकी उनले आइतबार महरा आफ्नो कोठा समेत नआएको एक अनलाइनलाई बताएकीछन् ।

सोमबार वेलुका प्रकाशित÷प्रशारित ‘हाम्राकुरा डट कम’सँगको कुराकानीमा महराले आफूलाई बलात्कारको प्रयास गरेको बताएकी थिइन् । अनलाइनका पत्रकारसँग भिडियो रेकर्डमै कुराकानी भैरहँदा महराले गरेको टेलिफोन नम्बर पनि उनको मोबाइलमा देखिएको थियो । तर त्यसको २४ घण्टा नबित्दै मंगलबार अपरान्ह नागरिकखबरसँगको भिडियो कुराकानीमा तिनै रोशनीले सभामुख महराले आफूमाथि कुनै दुव्र्यवहार नगरेको बताएकी छन् । ‘आइतबार साँझ मेरो कोठामा कोही पनि आएको थिएन, महरा सरसँग सिंहदरबारमा कहिलेकाहीं ब्लडप्रेसर चेक गर्दामात्रै भेट हुन्थ्यो, उनले नागरिकखबर अनलाइनसँगको अन्तर्वार्तामा भनेकी छन्, ‘अहिले त धेरै भयो महरा सरसँग भेट पनि भएको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज विश्व अहिंसा दिवस !

१५ आश्विन २०७६, बुधबार ०९:१४
व्यक्तिगत, सामूदायीक, राष्ट्रिय, अन्तराष्ट्रिय धेरै प्रकारका युद्ध अनि हिंसाहरुबिच विश्वले शान्ति अनि अहिंसाको दिवास्वप्न देखिरहेको छ ।