सहारा बन्दै मानव सेवा आश्रम

कर्णालीपत्र संवाददाता १२ आश्विन २०७६, आईतवार १०:३३

वसन्त भण्डारी
हेटौडामा मुख्य कार्यालय भएको मानवसेवा आश्रम २०७५ माघ १८ गते सुर्खेतको वीरेन्द्रनगर–१२, मा औपचारिकरूपमा सुरुवात भयो । त्यसपछि आश्रम सुरुवात भएसँगै यहाँका गरिब, असहाय तथा खुला आकासमुनि जीवन बिताउँदै आएकाले सहारा पाए । उनीहरूको जीवनमा परिवर्तन आयो । विशेष गरेर बजार क्षेत्रमा बेसहारा तथा जीवन नै जोखिममा रहेका अनाथ, अपांग, अशक्त, असहाय एवम् सहयोगा मानवहरूको उद्धार, उपचार, पालनपोषण संरक्षण एवम् पारिवारिक पुनर्मिलन हुन नसकेको मानवहरूको मानवोचित्त व्यवस्थापन गर्दै आइरहेको छ ।
वीरेन्द्रनगर नगरपालिका र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशसँग समन्वय गरेर आश्रम सञ्चालन भइरहेको छ । सञ्चालनको छोटो समयमा नै ८५ जनाको उद्धार, १८ जनाको पुनर्मिलन, २० जनालाई अल्पकालीन सेवा दिएको मानव सेवा आश्रम कर्णाली प्रदेशका संयोजक सिर्जना ओलीले जानकारी दिइन् । ‘सडकमा रहेका मानवहरू जो पहिला समाजको बोझ हुनुहुन्थ्यो हाल मानव सेवा आश्रमको गरिमा बनेर बसिरहनुभएको छ,’ उनले भनिन्, ‘हाल आश्रममा ४० जनाभन्दा बढी मानिसहरू हुनुहुन्छ । प्रदेशको अन्य जिल्ला रुकुम पश्चिम, जाजरकोट, दैलेख, जुम्ला जिल्लाका सडक मानवको पनि उद्धार गरिएको छ ।
आश्रमले हाल बेसहारा सडक मानवहरूको अवस्था अध्ययन तथा यथार्त विवरण संकलन गर्ने, उद्धार, औषधिउपचार, पालनपोषण, प्रारम्भिक स्वास्थ्य सेवा, पारिवारिक परामर्श, औषधि उपचार गर्ने काम गरिरहेको मानव सेवा आश्रमका केन्द्रीय सदस्य होमनाथ तिमिल्सीनाले जानकारी दिए । साथै उनले २०८२ सालसम्म नेपाललाई सहयोगापेक्षी सडक मानवरहीत नेपाल घोषणा गराउने, जनजनमा सत्य, न्याय, अनुशासन, दया, माया, करुणा, अहिंसा जस्ता मानवीय गुणहरूले पोक्त गराई नेपाललाई मानवीयताको राष्ट्रका रूपमा निर्माण गर्न विभिन्न जीवनोपयोगी तालिम, सेमिनार, अन्तक्र्रिया, नाटक एवम् मानवीयता प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको बताए ।
साथै उनले सुर्खेत शाखाको क्षमता वृद्धि गराउने, सिसी क्यामरा जडान गर्ने, कम्तीमा ६५ जनालाई सेवा दिन सक्ने गरी संरचना विकास गर्ने भावी योजना रहेको बताए । आश्रमको एक कार्यक्रममार्फत् आर्थिक वर्ष २०७५÷७६ को आय व्यय विवरण सार्वजनिक गरेको छ । जसमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका, संस्थाको काठमाडौं शाखा, केन्द्रीय कार्यालय हेटौडालगायत विभिन्न क्षेत्रहरूबाट गरेर ३१ लाख ४३ हजार आठ सय ८७ रूपैयाँको कारोबार भएको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत र दैलेखको विवादले नेकपा एकता प्रक्रिया अवरुद्ध

१२ आश्विन २०७६, आईतवार १०:३३
वसन्त भण्डारी सुर्खेत, १२ असोज घोषणा भएको १६ महिना बितिसक्दा पनि कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया सकिएको छैन । दशवटा जिल्ला तहको एकीकरण सकेको पार्टीले केही स्थानीय तह, वडा र भातृ संगठनको एकीकरणको काम अझै बाँकी रहेको जनाएको छ । कर्णालीका दश जिल्लाका ७९ स्थानीय तहमध्ये […]

सम्बन्धित शीर्षक