घटस्थापनादेखि ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट

कर्णालीपत्र संवाददाता १२ आश्विन २०७६, आईतवार ०७:०८

काठमाडौं, १० असोज (रासस) । वायु सेवा सञ्चालक संघले दसैंको अवसर पारेर घटस्थापनाको दिनदेखि नै विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ । संघले ७० वर्षमाथिका विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने जनाएको हो ।

ज्येष्ठ नागरिकले छुट पाउन सम्बन्धित वायु सेवा कम्पनीको कार्यालयमा आई स्वयम्ले आफू विपन्न भएको व्यहोरा स्वघोषणा गर्नुपर्ने, ‘ट्रंक रुट’ मा हवाई सेवा सञ्चालन गर्ने वायु सेवा प्रदायकले प्रति सेक्टरमा एक जनालाई मात्रै यस्तो सुविधा दिने जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको योजनाअनुसार नै आफूहरूले हवाई भाडामा छुट दिन लागेको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी दिए । मन्त्री भट्टराईले सार्वजनिक गरेको प्रमुख प्राथमिकतामा कार्यक्रमको बुँदा नम्बर ५९ मा ७० वर्ष माथिका विपन्न ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिने गरी सरोकारवालासँग छलफल गरी तीन महिनाभित्र कार्यान्वयन गर्ने घोषणा गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेसमा ११ केन्द्रीय सदस्य थप हुने

१२ आश्विन २०७६, आईतवार ०७:०८
स्तावेजअनुसार कांग्रेसका सांगठनिक संरचनामा लोकतान्त्रिक फोरमको ११ केन्द्रीय सदस्य, ६ सय महाधिवेशन प्रतिनिधि, विभिन्न जिल्ला कार्यसमितिमा पदाधिकारी र सदस्य, नगर/उपमहानगर/महानगर कार्यसमिति, भातृ संघ एवम् शुभेच्छुक संस्था तथा क्रियाशील सदस्यमा समायोजन गर्ने बैठकले निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।