न एम्बुलेन्स, न एक्स–रे

कर्णालीपत्र संवाददाता १२ आश्विन २०७६, आईतवार ०७:०५

जाजरकोट, ११ असोज (रासस) । जाजरकोट जिल्ला अस्पतालमा बिग्रिएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन् ।

बिरामीलाई दैनिक जिल्ला बाहिर सिफारिस गरे पनि निजी यातायातका साधनमा स्वास्थ्य संस्था लिनु पर्ने बाध्यता छ ।

गत असारमै बिग्रिएर नेपालगन्जस्थित मर्मत केन्द्रमा राखिएको भए पनि बजेट नहुँदा मर्मत गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशीला बस्नेतले बताइन् । तर चिकित्सक र कर्मचारीको सवारी साधन भने निरन्तर चलिरहेको छ । दुई वर्ष तत्कालीन अस्पतालका अध्यक्ष महेन्द्र शाहले पार्टीको कार्यक्रममा लिएर दुर्घटनामा परेको गाडी अहिले सञ्चालन भएको छ । अस्पतालजस्तो संवेदनशील ठाउँमा एम्बुलेन्स नै नहुँदा दैनिक बिरामीले सास्ती भोग्नुपरेको छ । एम्बुलेन्सको अभावमा बिरामी बोकेर, स्टे«चरमा राखेर अस्पताल लिने र ल्याउने काम भएको स्थानीयवासी बताउँछन् । त्यस्तै हप्ता दिनदेखि जिल्ला अस्पतालको एक्स–रे सेवा बन्द भएको छ ।

चट्याङका कारण एक्स–रे मेसिनमा समस्या आएपछि बिरामीले एक्स–रे गर्न पाएका छैनन् । मेसिन मर्मतका लागि प्राविधिक बोलाएको अध्यक्ष बस्नेतले बताइन् । अस्पतालमा कर्णाली प्रदेश सरकारले बजेट नपठाउँदा एम्बुलेन्स मर्मतमा समस्या आएको उनको भनाइ छ । स्वास्थ्य कार्यालय, आयुर्वेद कार्यालय र अस्पताल एकै कार्यालयको रूपमा रुपान्तरण पछि अहिले गाभ्ने कार्य सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घटस्थापनादेखि ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट

१२ आश्विन २०७६, आईतवार ०७:०५
संघले ७० वर्षमाथिका विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने जनाएको हो ।